सिभिल बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न « Khabarhub

सिभिल बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिभिल बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा मिति २०७६ पौष ६ गते अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रतिशेयर ६.५७% का दरले हुन आउने  बाउन्न करोड अन्ठाउन्न लाख बाईस हजार सात सय एक रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ।

साथै सभाले आ.व. २०७६/०७७ को लेखापरिक्षण गर्नको लागि NBSM & Associates लाई लेखापरिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन ( मर्जर ) वा प्राप्ति (एक्विजिसन ) गर्ने/हुने वा स्वदेशी]/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको सिभिल बैंकको शाखा संख्या १०२ र एटियम संख्या ७६ पुगेको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ५ : ३४ बजे

जनमत पार्टीका अध्यक्ष डा. राउतले गरे मतदान

राजविराज– जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले सप्तरीको प्रतिनिधिसभा

तोसिमा कार्कीले गरिन् मतदान

काठमाडौं–  ललितपुर–३ की उम्मेदवार तोसिमा कार्कीले आज मतदान गरेकी छन्। मतदानपछि

बालेन रोकिएपछि केपी ओली पनि हेलिकप्टरमा झापा जाने कार्यक्रम रद्द

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौंमा मतदान

मतदान गरेर फर्किए १०५ वर्षीय खड्का

काठमाडौं- काठमाडौं बुढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा १०५ वर्षिय  चन्द्रबहादुर

भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भक्तपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण