साताको पहिलो दिन नेप्सेमा सामान्य सुधार « Khabarhub

साताको पहिलो दिन नेप्सेमा सामान्य सुधार


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.१७ विन्दुले बढेर एक हजार १५०.८१ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.२५ विन्दुले घटेर २५१.५९ मा पुगेको छ । झिनो अङ्कले नेप्से सुधार भए पनि कारोवार रकम भने औसतमा सीमित रहेको छ । कूल १६७ कम्पनीका १४ लाख ८८ हजार ३०४ कित्ता शेयर रु ३७ करोड ४४ लाख ६६ हजार ४६५ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर बढेको छ भने छ उपसमूहको शेयर भने घटेको छ । बैंकिङ ०.९२, व्यापार १०.४६, जलविद्युत् १.६, वित्त ३.०६, निर्जीवन बीमा २४.२ र जीवन बीमा ४३.७७ विन्दुले घटेको छ । यस्तै होटल ४४.६१, विकास बैंक ३.४९, उत्पादन ७०.३२, अन्य ५.८१, लघुवित्त १.४६ र सामूहिक लगानी कोष ०.०५ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु चार करोड ७६ लाख ८१ हजार ९३७ बराबरको शेयर कारोवार भयो । यस्तै एनएमबी बैंक रु तीन करोड ३३ लाख ६६ हजार ४६२, नेपाल बैंक रु दुई करोड ८३ लाख, नबिल बैंक रु दुई करोड ५९ लाख २५ हजार १४१, एनसिसी बैंक रु एक करोड ६३ लाख १० हजार १३८ र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड २३ लाख ३२ हजार ७६६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार शिवम सिमेन्टका शेयरधनीले ९.७६ प्रतिशतले कमाउँदा पाँचथर पावर ९.६२, रिडी हाइड्रोपावर ४.२९, कर्णाली डेभलपमेन्ट बैंक ४.०८, देवः विकास बैंक ३.८८ र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७६ प्रतिशतले कमाए । त्यस्तै, नेपाल फाइनान्स ९.८१, अरुण काबेली ६.६६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९ र सिनर्जी पावरका लगानीकर्ताले ५.५५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ६ : ४७ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान