सीमा सुरक्षाका विषयमा संसदीय समितले गृहमन्त्रीसँग छलफल गर्ने « Khabarhub

सीमा सुरक्षाका विषयमा संसदीय समितले गृहमन्त्रीसँग छलफल गर्ने


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सीमा सुरक्षाका विषयमा गृहमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको छ ।

समितिले सीमा सुरक्षाका लागि सीमा पोष्ट थप गर्ने, सीमानामा हुने अपराध नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिने आश्वासनका सम्बन्धमा गृहमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको हो ।

समितिको आज बसेको बैठकले गृहमन्त्री रामबहादुर थापाले २०७५ जेठ २७ गते सदनमा सीमा पोष्ट थप गर्ने, सीमा सुरक्षा, अपराध नियन्त्रणमा विशेष अभियान सञ्चालन गरिने प्रतिबद्धता जनाएका थिए ।

सभाको बैठक नबस्ने दिन पारेर मन्त्री थापालाई समिति बैठकमा बोलाई छलफल गरिने समितिका सभापति रामनारायण बिडारीले बताए ।

भूकम्पले भत्किएका सिंहदरबार, बबरमहल जस्ता पुरातात्विक महत्वका भवन साढे चार वर्षदेखि अलपत्र रहेकाले के भएको हो भन्ने विषयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आजै पठाएको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन अध्ययन गर्ने जिम्मेवारी सरकारी आश्वासन उपसमितिलाई दिइएको पनि उनले जानकारी दिए ।

बैठकमा सांसद राधेश्याम अधिकारीले भूकम्पले भत्किएर पुनःनिर्माण गर्नुपर्ने ३१ सांस्कृतिक सम्पदा अलपत्र परेको विषय यसअघि प्राधिकरणले गरेको प्रतिबद्धता विपरीत भएकाले के भएको हो भनी सोधखोज गरिनुपर्ने बताए ।

प्रदेशको स्थलगत अध्ययन भ्रमण गर्ने क्रममा पोखरामा अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय भवन जीर्ण भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गरिनुपर्नेमा उनले जोड दिए ।

वार्षिक तीन लाखभन्दा बढी पर्यटक जाने स्थलमा भित्रभित्र पानी रसाएर सङ्ग्रहालय भत्कने अवस्थामा पुगेकाले छिटो निर्माण गर्नुपर्ने सांसद अधिकारीको भनाइ थियो ।

सांसद बलराम बाँस्कोटाले सरकारले दिएका आश्वासन प्रदेशस्तरमा स्थलगत भ्रमणका क्रममा जाँदा पूरा नभएको देखिएकाले सभाले प्रदेश र सङ्घ सरकारकाबीच समन्वय गर्नुपर्ने मत राखे ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका विषयमा पनि सरकारले दिएको आश्वासन गफमै सीमित भएको उनको भनाइ थियो ।

सांसद विन्दादेवी आले (राना) ले सरकारले तीन वर्षअघि नै सक्ने प्रतिबद्धता जनाएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल किन सकिएन भनी सम्बन्धित निकायलाई बोलाएर छलफल गर्न माग गरे ।

बैठकमा सांसदद्वय नैनकला ओझा र नरपति लुवारले सरकारले आश्वासन दिने तर समयमा पूरा नहुने क्रम रोक्न आवश्यक निर्देशन दिनुपर्ने बताए ।

बैठकमा समिति सचिव सुदर्शन खड्काले चालु आर्थिक वर्षमा समितिले सञ्चालन गर्ने कार्ययोजनाका बुँदा प्रस्तुत गरेका थियो । ती बुँदालाई बैठकले संशोधनसहित पारित गरेको छ । त्यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका कानूनका विषयमा गहन अध्ययन गरिने, सरकारले दिएका आश्वासन पूरा भए/नभएका बारेमा स्थलगत अनुगमन गर्ने लगायत कार्यक्रम छन् ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ६ : ५७ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना