अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाही अपहरणमुक्त « Khabarhub

अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाही अपहरणमुक्त


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार राति अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन् ।

दैलेखबाट अपहरणमा परेका शाहीलाई प्रहरीको टोलीले कालीकोटको जंगलबाट अपहरणमुक्त गराएको हो । शाही कालिकोटको शुभकालिका गाउँपालिका जंगलमा भेटिएका प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशका डिआईजी पूर्णचन्द्र जोशीले घटनाको पुष्टि गरेका छन्।

यसअघि विप्लव नेकपाले विज्ञप्ति जारी गर्दै अध्यक्ष शाहीको अपहरणको जिम्मेवारी विप्लव समूहले लिएको थियो।

विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मेवारी लिएका थिए । शनिबार राति करिब दुई बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै वेला अपहरण गरिएको थियो। पत्नी इलालाई भने गएराति नै छाडिएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ७ : १७ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना