अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाही अपहरणमुक्त « Khabarhub

अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाही अपहरणमुक्त


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार राति अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन् ।

दैलेखबाट अपहरणमा परेका शाहीलाई प्रहरीको टोलीले कालीकोटको जंगलबाट अपहरणमुक्त गराएको हो । शाही कालिकोटको शुभकालिका गाउँपालिका जंगलमा भेटिएका प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशका डिआईजी पूर्णचन्द्र जोशीले घटनाको पुष्टि गरेका छन्।

यसअघि विप्लव नेकपाले विज्ञप्ति जारी गर्दै अध्यक्ष शाहीको अपहरणको जिम्मेवारी विप्लव समूहले लिएको थियो।

विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मेवारी लिएका थिए । शनिबार राति करिब दुई बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै वेला अपहरण गरिएको थियो। पत्नी इलालाई भने गएराति नै छाडिएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ७ : १७ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान