सवारी दुर्घटनाको दीगो समाधान खोज्न आग्रह « Khabarhub

सवारी दुर्घटनाको दीगो समाधान खोज्न आग्रह


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकका विभिन्न भू–भागमा विगत केही समययता भएका पटक–पटकका सडक दुर्घटनालाई मध्यनजर गर्दै नेपाल कम्युनिस्ट पार्टीले सवारी दुर्घटनाको दीगो समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।

दुर्घटनामा ठूलो जनधनको क्षति भएकाप्रति दुख व्यक्त गर्दै वर्षेनी हुने ठूलो जनधनको क्षति न्यून गर्न नेकपा बैठकले सरकारलाई आग्रह गरेको हो ।

सडक दुर्घटनाको समस्याको दिगो समाधानका लागि आवश्यक कार्य अगाडि बढाउन, सडक पूर्वाधारमा प्रभावकारी सुधार गर्न, सवारी चालक र सवारी धनीलगायत सम्बन्धितलाई जिम्मेवार बनाउन, पुराना सवारी साधनको नियमन गर्न तथा सडक सुरक्षा र अनुशासनको कडाइका साथ पालना गर्ने विषयमा ठोस् कदम चाल्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।

सडक दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि अर्पण, शोकाकुल परिवारप्रति समवेदना एवं राहत प्रदान गर्न र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैठकले घाइतेको उपचारको प्रबन्ध गर्न र दुर्घटनामा अभिभावक गुमाएका बालबालिकाको शिक्षादीक्षा तथा जीवनयापनको व्यवस्था गर्न पनि माग गरेको छ ।

यसैगरी, तराईका विभिन्न जिल्लामा शुरु भएको शीतलहरले विपन्न वर्गका नागरिकलाई ठूलो समस्या एवं मर्कामा पारेको कुरालाई ध्यानमा राखेर विपन्नलाई न्यानो लुगा र दाउरा वितरण गर्न, घरबारबिहीनलाई जनता आवास कार्यक्रम अन्तर्गत आवास उपलब्ध गराउन तथा समस्याको दीर्घकालीन समाधान खोज्न बैठकले माग गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १० : ०० बजे

देउवाले एमाले फुटाइदिएको सम्झिँदै योगेशले भने : कांग्रेसको विभाजन दु:खद्, कुनै न कुनै उपायबाट फेरि मिलोस्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विभाजनलाई दुःखद

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै

काठमाडौं– एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग

फुटेका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिँदा कान्तिपथमा तनाव (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन