अष्ट्रेलिया पठाउने प्रलोभन देखाएर ठगी गर्ने घले पक्राउ « Khabarhub

अष्ट्रेलिया पठाउने प्रलोभन देखाएर ठगी गर्ने घले पक्राउ


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– प्रहरीले अष्ट्रेलियाको प्रलोभन देखाएर ठगी गर्ने चलबहादुर घलेलाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगार ठगी मुद्दाका कसुरदार धादिङ सेर्तुङ घर भएका काठमाडौँ तारकेश्वर नगरपालिका–६ बस्ने चलबहादुर घलेलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०६९ पुस २४ गतेको फैसलाले एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार जरिवाना हुने ठहर भए पनि उनी फरार हुँदै आएका थिए ।

उनलाई खोजतलासका क्रममा आज काठमाडौँबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

विसं २०६८ जेठ १३ गते घलले वैदेशिक रोजगारको लागि अष्ट्रेलिया पठाइदिन्छु भनी प्रलोभनमा पारी पीडितमार्फत रु सात लाख लिई फरार भएका थिए ।

उनलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा घलेलाई आजै कारागार कार्यालय सुन्धारा चलान गरिएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ९ : ५५ बजे

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति

देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई 

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक

माछा मार्ने क्रममा चौधरीको मृत्यु

भद्रपुर– झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको