बालुवाटारको ललिता निवास क्याम्प जग्गा प्रकरणः हडपिएको २८४ रोपनी सरकारको नाममा ल्याइयो « Khabarhub

बालुवाटारको ललिता निवास क्याम्प जग्गा प्रकरणः हडपिएको २८४ रोपनी सरकारको नाममा ल्याइयो


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहुँचवाला व्यक्तिले विभिन्न बहानामा हडप्दै आएको अर्बौं रुपैयाँ बराबरको २ सय ८४ रोपनी जग्गा सरकारले आफ्नो नाममा ल्याउने भएको छ ।

झण्डै ३० वर्ष अघि २०४७ सालदेखि हडपिएको राजनाधीनको व्यस्त र भीभीआईपी बसोबास पर्ने क्षेत्रका रुपमा परिचित बालुवाटार क्षेत्रको सो जग्गा सरकारको नाममा ल्याउन लागिएको समाचार आजको राजधानी दैनिकले छापेको छ ।

त्यस्तै पत्रिकाले मेडिकल कलेजनको ठगी श्रृंखाला पनि पलिहो पृष्ठमै छापेको छ । नेसनल मेडिकलद्वारा छात्रवृत्तिकै विद्यार्थीबाट चर्को ब्याज शीर्षकमा पत्रिकाले एकपछि अर्को मेडिकल कलेजको ठगी धन्दा सार्वजनि भइरहेका बेला वीरगन्जस्थित नेसनल मेडिकल कलेजले चात्रवृत्ति पाएका वद्यार्थीबाट समेत चर्को रुपमा व्याज लिने गरेको जानाएको छ ।

त्यस्तै पत्रिकाले बीपी राजगर्माको बिजोग, धुलिखेलदेखि बर्दिबाससम्म २ सय ६४ भ्वाङ शीर्षकमा समाचार छापेको छ ।
नेपालका पूर्वी जिल्लालाई काठमाडौंसँग जोड्ने बीपी राजमार्गको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको समाचारमा उल्लेख छ ।

त्यस्तै पत्रिकाले गुणस्तरहीन औषधि आयातमा रोक लगाऊ शीर्षकमा सम्पादकीय लेखेको छ । भारतीय बजारमा गुणस्तर फेल भएका औषधि नेपाली बजारमा ठूलो परमाणमा खपत हुने गरेको पाइएको छ ।

भारतको सेन्ट्रल ड्रग स्ट्याण्डर्ड एन्ड कन्ट्रोल अर्गनाइजेसनले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार विभिन्न कम्पनीका औषधि गुणस्तरहीन भएको फेला परेका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ६ : १८ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना