काठमाडौं भ्यू टावर : काम कछुवा गतिमा, कहिले बन्ने २२ तला ? « Khabarhub

काठमाडौं भ्यू टावर : काम कछुवा गतिमा, कहिले बन्ने २२ तला ?



काठमाडौं– काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क हाताभित्र निर्माण थालेको ‘भ्यू टावर’को काम कछुवा गतिमा अघि बढेको छ । विदेशी मुलुकहरुमा जस्तै काठमाडौंमा पनि ‘भ्यू टावर’को परिकल्पनासहित ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी काठमाडौं महानगर र निर्माण कम्पनीबीच वि.सं. २०७१ साल फागुन २२ गते सम्झौता भएको थियो ।

काम शुरु हुन नपाउँदै २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण काम तत्कालका लागि प्रभावित बन्यो । भूकम्पका कारण ऐतिहासिक धरोहर धरहरा लगायत काठमाडौं उपत्यकाका धेरै भौतिक संचरनामा क्षति पुग्यो । यस्तो अवस्थामा तत्काल ‘भ्यू टावर’ निर्माणको कामले गति लिने अवस्था देखिएन । तर, धरहरा ढलेपछि यसको विकल्पका रुपमा ‘भ्यू टावर’ खडा हुन्छ कि भन्ने अपेक्षा भने नगरिएको होइन । ‘भ्यू टावर’ कहिले बन्ला ? अनि काठमाडौंलाई नियाल्न पाइएला भन्ने आम चासोको विषय समेत बन्यो त्यसताका ।

किनकी सम्झौताको समयमा ‘भ्यू टावर’ निर्माणको कामले निकै चर्चा पाएको थियो । यही चर्चाकै कारण तत्काल बसपार्कलाई हटाएर खुलामञ्च क्षेत्रमा सारिएकै हो । कामले गति लिने आशै–आशाकाबीच ‘भ्यू टावर’ निर्माण सम्झौताको ४ वर्ष बित्यो, निर्माणको कामले गति लिन सकेको छैन ।

पुरानो बसपार्कभित्र करिब २३ रोपनी जग्गामा झट्ट हेर्दा केही काम भइरहेको देखिन्छ । तर, त्यहाँ भित्रको अवस्था भने विगत ४ वर्षदेखि नै उही लथालिङ्ग नै छ । सो स्थानमा अहिले निर्माणका लागि खटिएका कामदार, छड र रोडाको थुप्रो त देख्न सकिन्छ । दायाँबाया हेर्ने हो भने जमिन मुनिको काम मात्र सम्पन्न छ, एक तला पनि उठ्न सकेको छैन ।

२२ तला निर्माणको सम्झौता छ, ४ वर्ष बितिसक्यो अझै भुइँकै काम हुँदैछ ? कहिले सकिन्छ ? भन्ने प्रश्नमा निर्माण कम्पनीका प्रतिनिधि मनोज भेट्वालले विभिन्न प्राविधिक कारणले गर्दा निर्माण कार्यमा ढिलाई भएको बताए ।

उनले महानगरसँग भ्यू टावर निर्माणका लागि ५ वर्षको सम्झौता भएको तथा निर्माणको काम शुरु भएको ३ वर्ष मात्र भएको बताउँदै यो अवधिम विविध कारणले कामले गति लिन नसकेको स्वीकार गरे । खबरहबसँग कुरा गर्दै उनले भने, ‘अझै समय छ, अबको दुई वर्षमा काम सम्पन्न हुन्छ ।’

२२ तले काठमाडौं ‘भ्यू टावर’ निर्माण गर्ने जिम्मा जलेश्वर स्वछन्द र विकोइविर्ल्स कम्पनीले पाएका छन् । सम्झौताअनुरुप उनीहरुले ५ वर्षमा टावर निर्माण सम्पन्न गर्ने र २५ वर्षसम्म आफै सञ्चालन गरी महानगरलाई हस्तान्तरण गर्ने सम्झौता भएको छ ।

महानगर के भन्छ ?

२०७१ सालमा कम्पनी र महानगरबीच भ्यू टावर निर्माणका लागि सम्झौता भएको थियो । तर विभिन्न पक्षसँगको छलफलपछि महानगरले १ वर्षपछि मात्र निर्माण गर्ने कार्यादेश दिएको प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

उनले भने ‘कार्यदेश दिएसँगै कामले निरन्तर पाउँछ होला भन्ने महानगरको विश्वास थियो, तर सोचेअनुरुप निर्माणको काम अघि बढेको देखिँदैन । तर अझै समय छ, अबको दुई वर्षमा भ्यू टावर निर्माण हुन्छ ।’

प्रवक्ता डंगोलको भनाइलाई आधार मान्ने हो भने अहिलेसम्म भ्यू टावरको आधि काम सकिसक्नुपथ्र्यो, तर पनि अझै जमिनकै काम भइरहेको हुँदा अबको दुई वर्षमा पनि भ्यू टावर ठडिनेमा भने आशंका नै छ ।

त्यस्तै, कम्पनीले सम्झौता गरे अनुसार निर्माण कार्यको अध्ययन र अनुगमन गर्नका लागि महानगरले स्वतन्त्र इन्जिनियर नियुक्ति गर्ने भएको छ । हालै बसेको महानगरको कार्यपालिका बैठकले भ्यूटावरको कामको मूल्यांकनका लागि स्वतन्त्र इन्जिनियरको नियुक्ति गर्ने भएको हो ।

निर्माण सम्पन्न हुन कतिसमय लाग्छ ? गुणस्तरीय सामानको प्रयोग भएको छ कि छैन ? काममा के बाधक बनेको छ ? लगायतका विषयको अनुगमन इन्जियनरले गर्ने प्रवक्ता डंगोलले खबरहबसँग बताए ।

कस्तो हुनेछ भ्यू टावर ?

‘भ्यू टावर’को अन्डरग्राउण्ड र पहिलो तल्लमा ठूला सवारी साधनहरु, त्यसमाथि दोस्रो र तेस्रो तलामा साना सवारी साधनहरुका साथै दुई पांग्रे सवारी साधनहरु पार्किङ्गका लागि व्यवस्था गरिनेछ ।

२० तलाामथि स्युमिङ पुल हुनेछ साथमा सिनेमा हल, रेष्टुरेन्ट र फिटनेश सेन्टर रहनेछ । सो ‘भ्यू टावर’मा ७ हजारभन्दा बढीले रोजगारीको अवसर समेत पाउने दाबी छ । सबैभन्दा माथिल्लो तला जसबाट काठमाडौं नियाल्न सकिने गरी निर्माण पूरा गरिनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ८ : १० बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट