आजदेखि कोरियाली भाषा परीक्षालाई आवेदन खुल्यो, १७ गतेसम्म फर्म भर्न पाइने « Khabarhub

आजदेखि कोरियाली भाषा परीक्षालाई आवेदन खुल्यो, १७ गतेसम्म फर्म भर्न पाइने


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आज (शुक्रबार)देखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ ।

परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइटबाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ ।

पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।

कसले दिन सक्छ आवेदन

भाषा परीक्षामा सहभागी हुन १८ वर्ष उमेर पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९/ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।

कति पैसा लाग्छ ?

परीक्षा शुल्क २४अमेरिकी डलर लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको (कमलादी कर्पोरेट शाखाबाहेक) जुनसुकै शाखा र आइएमई–पे तथा ई–सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ ।

आवेदन भर्न लाइन बसेर सास्ती बेहोर्न नपरोस भनेर अनलाइनमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको भएपनि युवाहरु रातिदेखि नै दु:खका साथ लाइन बसेका छन् । ई-सेवामार्फत सहज रुपमा पैसा तिर्न सकिने भएकाले बैंकमा अघिल्लो दिनदेखि नै लाइन बस्नुपर्ने अवस्था नआउने ईपीएस शाखाले जनाएको छ ।

कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ ।

पहिलेभन्दा कोटा बढ्यो

यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही संख्यामा वृद्धि भएको छ । सन् २०२० का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ ।

पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत ८ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ ७ हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ ।

भाषा परीक्षा पास गरेर कोरिया जान नपाउने साढे ९ हजारभन्दा बढी

यसैबीच रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा उत्र्तीण गरेका झण्डै साढे ९ हजार परीक्षार्थी कोरिजा जान पाएका छैनन् । ईपीएसको तथ्यांक अनुसार भाषा परीक्षा उत्र्तीण गरेका ९ हजार ४ सय नेपाली कोरिया जान पाएका छैनन् ।

अहिलेसम्म भाषा परीक्षा पास गरेका ६९ हजार ९८ जना मध्ये ५९ हजार ६ सय ९८ जनामात्र कोरिया गएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ७ : ५६ बजे

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी – कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ

बालेनको प्रस्ताव : नेपाल, भारत र चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गरौँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न नेपाल,

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग