अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाल र कुवेतको बराबरी « Khabarhub

अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाल र कुवेतको बराबरी


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तराष्ट्रिय मैत्रीपुर्ण पहिलो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतसंग बराबरी खेलेको छ । बिहिबार राति भएको खेलमा नेपालले कुवेतसंग गोलरहित बराबरी खेलेको हो ।

अल साहबब मैदानमा घरेलु टोलीले ६६ औं मिनेटमा पेनाल्टी पाएपनि गोल गर्न नसक्दा नेपाल पराजित हुनबाट जोगिएको हो । कुवेतका कप्तान बाडेर अल मुतवाले खेलको ६६ औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् ।

डेब्यु खेलाडी अजित भण्डारीले बिपक्षि खेलाडीलाई डिबक्सभित्र फाउल गरेपछि पाएको पेनाल्टीमा कप्तान मुतवाले गोल गर्न सकेनन् । कुवेतविरुद्ध नेपालका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे । कुवेतले पटक-पटक गरेको आक्रमण किरणले उत्कृष्ट बचाऊ गरे ।

नेपालले पनि खेलमा केहि गोल गर्ने अवसर पाएको थियो । तर, सदुपयोग गर्न सकेनन् । कुवेतविरुद्ध नेपालका पाँच खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । मुख्य प्रशिक्षक योहान कालिनले पाँच युवा खेलाडीलाई मौका दिएका थिए ।अजितसंगै बिमल राना,सन्तोष तामाङ, सुरज बिश्वकर्मा र रबी पासवानले नेपाली टोलीमा डेब्यु गरेका हुन् ।

कुवेतसंगको बराबरीसंगै मुख्य प्रशिक्षक कालिनको डेब्यु खेल सुखद बनेको छ । नेपालले गत महिना कालिनलाई नेपाली टोलीको जिम्मेवारी दिएको थियो ।

दुई मैत्रीपुर्ण खेल खेल्ने कुवेत पुगेको नेपाली टोलीले अब मंगलबार दोस्रो खेल खेल्नेछ । मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएसंगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ८ : २४ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा