भारतीय प्रधानमन्त्री मोदीलाई हिरो बनाउँदै फिल्म ‘पीएम नरेन्द्र मोदी’ ट्रेलर रिलिज « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीलाई हिरो बनाउँदै फिल्म ‘पीएम नरेन्द्र मोदी’ ट्रेलर रिलिज


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘पीएम नरेन्द्र मोदी’ को ट्रेलर सार्वजनिक गरिएको छ । द एक्सीडेन्टल प्राइम मिनिस्टर र ठाकरेपछि विशिष्ठ राजनेता नरेन्द्र मोदीमाथि फिल्म निर्माण गरिएको हो ।

फिल्ममा विवेक ओबरायले नरेन्द्र मोदीको भूमिका निभाएका छन् । ट्रेलरमा नरेन्द्र मोदीलाई हिरो बनाइएको देख्न सकिन्छ । प्रधानमन्त्रीको गेटअपमा देखिएका विवेक ओबरायको लूक पहिले नै भाइरल भएको थियो । उनको कामको पनि तारिफ भइरहेको छ ।

ट्रेलरमा पाकिस्तान र भारतको सीमायुद्धलाई समेत उठाइएको छ ।

ट्रेलरमा भारतीय प्रधानमन्त्री मोदीको जीवनका कैयन् किस्सा देख्न सकिन्छ । गुजराज दंगा, राजनीतिमा इन्ट्री, सन्यासी बन्ने यात्रा, राममन्दिर विवादजस्ता मुद्दालाई पनि फिल्ममा मुद्दा बनाइएको छ ।

भारतमा लोकसभाको चुनाव नजिकिँदै गर्दा यो ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्म ५ अप्रैलमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ९ : ३७ बजे

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई