‘होली’ को फण्डाले फिल्म चल्लान् ? « Khabarhub

‘होली’ को फण्डाले फिल्म चल्लान् ?


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रंगहरुको पर्व ‘फागू पूर्णिमा’ को रौनक अझै सेलाएको छैन । होली अर्थात् फागुको रंगमा नेपाली कलाकार पनि मज्जाले रमाए । कलाकारले राजधानीका विभिन्न स्थानमा फरक कार्यक्रम गर्दै र कतिले आफ्नै समूह सर्कलमा होलीको रंग दले ।

होलीको रंगले कलाकारलाई त छोयो नै । अर्कातिर होलीलाई ‘मौका’ मानेर फिल्मको प्रचार पनि गरियो । रिलिजको पाइपलाइनमा रहेका फिल्मको प्रचार निर्माण टिमले कलाकारका साथ मनाएर विज्ञापन गरेको छ ।

आज शुक्रबारबाट रिलिज भएको फिल्म ‘कागजपत्र’ ले पनि होली विशेष कार्यक्रम भन्दै होली खेलेका तस्वीरहरु सार्वजनिक गरेका थिए ।

होलीको ‘मौका’ पारेर फिल्म ‘यात्रा’ टिमले पनि फोटोसेसन गरायो भने प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेशन’ टिमले पनि होली खेलेका तस्वीर प्रचारमा ल्यायो ।

यस्तै अन्य फिल्म टिमले पनि होलीलाई प्रचारको मौका बनाएका थिए ।

अब कुरा गरौँ, के होली खेलेर फिल्मको प्रचार हुन्छ त ? फिल्म निर्माण टिमलाई त यो एउटा पर्व लाग्ला, विज्ञापनको माध्यम लाग्ला । तर, वास्तवमा फिल्म चल्न पहिले त फिल्म नै राम्रो हुनुपर्छ ।

नेपालमा राम्रो फिल्म बनाउन चाहिँ आलटाल गर्ने र प्रचारका बेला अनेक फण्डा मच्चाउने चलनलाई कतिपयले समाचारमा छाउने दाउका रुपमा त विश्लेषण गरिरहेका छन् नै । अर्कातिर फिल्म लाइनमा किन यति धेरै फण्डा गरिन्छन् भन्ने पनि प्रश्न उठ्न थालेको छ ।

जे होस्, यसरी गरिएका फण्डाले दर्शक तान्ला या नतान्ला त्यो एकातिर छ । तर निर्माताले फिल्म चल्न फिल्म नै राम्रो हुनुपर्छ भन्ने पनि बुझ्ने हो कि !

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १० : ५९ बजे

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा