ख्याल गर्नुहोस्, फेसबूकका कर्मचारीले हेर्छन् तपाईंको पासवर्ड « Khabarhub

ख्याल गर्नुहोस्, फेसबूकका कर्मचारीले हेर्छन् तपाईंको पासवर्ड


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सामाजिक सञ्जाल फेसबूकका प्रयोगकर्ताले निक्कै सुझबुझका साथ कसैले थाहा नपाउने गरी गोप्य अंक (पासवर्ड) राख्ने गर्दछन् । पासवर्डलाई सुरक्षित बनाउन उनीहरुले धेरै प्रयास पनि गरेका हुन्छन् ।

यसरी गोप्य र सावधानी पूर्वक राखिएको पासवर्ड कसैले हेर्छ भन्ने थाहा पाउनुभयो भने तपाईंलाई कस्तो लाग्ला ? अहिले यही विषय सबैतिर उत्सुकताका साथ लिइएको छ । किनकि फेसबूक कम्पनीमा काम गर्ने कर्मचारीले प्रयोगकर्ताको पासवर्ड हेर्ने गरेका छन्।

रेकर्डेड फ्युचरमा कार्यरत साइबर सेक्युरिटी विज्ञ एन्ड्री बेरीसेबिजले फेसबूकमा कार्यरत कर्मचारीले सजिलै प्रयोगकर्ताको पासवर्ड हेर्ने गरेको दाबी गरेका छन् । उनका अनुसार, प्रयोगकर्ताको पासवर्ड फेसबूकका कर्मचारीले सजिलैसँग पढ्नसक्ने गरी राखेको उल्लेख गरेका छन् ।

त्यस्तै, अर्का साइबर सेक्युरिटी विज्ञ रोम ग्रामनले फेसबूकमा कार्यरत इन्जिनियरले पासवर्डमा जथाभावी कोड राख्ने गरेका कारण पासवर्ड असुरक्षित रहने गरेको बताए ।

तर फेसबूकले यस बेरीसेबिक र ग्रामनको दाबीलाई खण्डन गरेको छ । कम्पनीले आफ्नो संस्थामा काम गर्ने कसैले पनि प्रयोगकर्ताको पासवर्ड नहेर्ने गरेको दाबी गरेको छ । प्रयोगकर्ताको पासवर्ड फेसबूक कार्यलयमा रहेको आन्तरिक सर्भरमा राख्ने गरिएको भन्दै कम्पनीले कुनै पनि व्यक्तिले त्यो सर्भरमा डाटा हेर्न नसक्ने बताएको छ । फेसबूकले विश्वभरी रहेका आफ्ना २ अरब ३० करोड प्रयोगकर्ताको पासवर्ड सुरक्षित गर्नु आफ्नो दायित्व भएको रहेको जनाएको छ ।

फेसबूकमा गत जनवरीमा यस्तो समस्या देखिएको थियो । तर अहिले समाधान भइसकेको फेसबूकको दाबी छ । यो समस्या एउटा ‘वर्ग’का कारण मात्र नहुने भन्दै यसको कारणका बारेमा अनुसन्धान जारी रहेको बताएका छ।

फेसबूकको यो गतिविधले यसका ६० करोड प्रयोगकर्ताको गोपनियता कमजोर बनाएको क्रेब्सअनसेक्युरिटी ब्लगले उल्लेख गरेको छ ।

यस्तै, वेब सेक्युरिटी एक्सपर्ट ट्रोइ हण्टले फेसबूकको यो गतिविधिले फेसबूकमाथि शंका उठेको बताएका छन् । यो समस्याको समाधानका लागि फेसबूकले समयमै उचित कदम नचाले घातक हुने उनको भनाइ छ ।

फेसबूकमा गत सेक्टेम्बरमा ह्याकरले २ करोड ९० लाख प्रयोगकर्ताको डाटा चोरी गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १० : २४ बजे

कङ्गोमा कोल्टान खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु

एजेन्सी– अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीहरूमा भएको

काठमाडौंका फुटपाथमा काम गरेर खाने मजदुरको गाँस खोसिँदैन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू

मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल

देउखुरी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ

‘सुधारिएको कांग्रेसले जनता र राज्य दुवैलाई न्याय दिन्छ’

काठमाडौं– नेतृत्व परिवर्तन गरेर आएको कांग्रेस नै नयाँ पार्टी भएको

वैज्ञानिक समाजवादी नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै

काठमाडौं – वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा