भारतविरुद्ध पाकिस्तानको बदला : आईपीएलमा लगायो प्रतिबन्ध « Khabarhub

भारतविरुद्ध पाकिस्तानको बदला : आईपीएलमा लगायो प्रतिबन्ध


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को प्रसारणमा पाकिस्तानले प्रतिबन्ध लगाएको छ। क्रिकेटप्रेमीले धेरै रुचाएको खेल आईपीएल शनिबारदेखि शुरु हुँदैछ ।

पाकिस्तानमा पनि सर्वाधिक क्रेज रहेको यो खेल उद्घाटनको पूर्व सन्ध्यामा पाकिस्तानका सुचना तथा प्रशारण मन्त्री फवाद अहमद चौधरीले आईपीएललाई प्रतिबन्ध लगाएको घोषणा गरेका छन् ।

पाकिस्तानको यो निर्णयलाई पाकिस्तान सुपर लिग (पीएसएल)को प्रशारणमा भारतले लगाएको प्रतिबन्धको बदलाका रुपमा लिइएको छ । भारतको पलुवामामा ४० जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि भारतले घटनाको दोषी पाकिस्तान रहेको भन्दै पाकिस्तानी गतिविधिसहित पीएसएलमाथि प्रतिबन्ध लगाइएको थियो ।

‘पीएसएलका क्रममा भारतीय कम्पनी तथा सरकारले पाकिस्तान क्रिकेटमाथि गरेको व्यवहार त्यति सहज थिएन । त्यही भएर हामी आईपीएल पाकिस्तानमा देखाउन सक्दैनौं,’ मन्त्री चौधरीले उल्लेख गरेको कुरा पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

मन्त्री चौधरीले आफुहरु क्रिकेट र राजनीतिलाई फरक रुपमा हेर्न चाहने समेत बताए । उनले भारतीय क्रिकेट टिमले अस्ट्रेलियामा भ्रमणका क्रममा भारतीय सेनाको क्याप प्रयोग गरेको उल्लेख गर्दै उक्त विषयमाथि कुनै कारबाही नभएकोमा असन्तुष्टि जनाएका छन् ।

‘मलाई लाग्छ यदि आईपीएल पाकिस्तानमा प्रशारण गरिएन भने यसले आईपीएल र भारतीय क्रिकेटमा अवसर गर्नेछ । हामी विश्व क्रिकेटको शीर्ष स्थानमा छौं,’ मन्त्री चौधरीले भनेका छन् ।

आईपीएल मार्च २३ अर्थात् शनिबारदेखि शुरु भएर मे ४ सम्म चल्लनेछ । उद्घाटन खेलमा साविक विजेता टोली चेन्नाई सुपर किङ्स र विराट कोहरीको टिम रोयल च्यालेन्जर्य बङ्लोरुले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १० : ५३ बजे

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी

नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले

सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

काठमाडौं- गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर