भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ « Khabarhub

भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौशाला– महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त गराएको छ ।

गत फागुन १९ गते अपहरणमा परेका गौशाला नगरपालिका–८ बस्ने २९ वर्षीय सुरेश साहलाई महोत्तरी प्रहरीले भारत बिहारको बेतियास्थित (एसटीएफ) प्रहरीको सहयोगमा  बिहीबार अपहरणमुक्त गराउन सफल भएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

फागुन २२ गते सुरेश साहकी आमा देवसुनर देवीले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आफ्नो छोरा सुरेश साह अपहरणमा परेको निवेदन दिएपछि सोही दिनदेखि महोत्तरी प्रहरीले प्रहरी निरीक्षक दीपक चोरबारको कमाण्डमा खोजतलास गरेको थियो ।

सुरेश अपहरणमा परेपछि उनका भिनाजु अमरनाथ महतोलाई भारतीय नम्बरको मोबाइलबाट भारतको बेतिया नजिकै रहेको बगहा र बाल्मिकी नगरको मैन्मा जङ्गल क्षेत्रबाट फिरौती रकम लिएर आउन फोन आउन थालेपछि महोत्तरी प्रहरीले परिवारजनको जानकारीमा भारतीय प्रहरीको सहयोगमा मोबाइललाई पछ्याउँदै जाँदा उनलाई भारतको बेतिया नजिकै रहेको बगहा र बाल्मिकी नगरको मैन्मा जङ्गल क्षेत्रबाट बन्धक बनाइराखेको अवस्थामा फेला पारेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।

साथै फिरौती रकम ल्याउन भनिएका नेपालकै बारा जिल्लाको कलैया नगरपालिका–१२ रामपुर बस्ने ५२ वर्षीय मुन्ना भन्ने सुरज चौधरी र काशी साहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने ५.५६ एमएमको गोली चार थानसमेत बरामद गरेको छ ।

अपहरणमा संलग्न दुवैलाई भारतीय प्रहरीले पक्राउ गरी भारतमै आवश्यक कारवाही अगाडि बढाएको छ भने अपहरणमुक्त भएका साहलाई बिहीबार नै उनका आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १२ : १६ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले