अर्थशास्त्री मदन दाहालको उपचारका क्रममा निधन « Khabarhub

अर्थशास्त्री मदन दाहालको उपचारका क्रममा निधन


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थशास्त्री प्राध्यापक डाक्टर मदन दाहालको आज (शुक्रबार) निधन भएको छ । पेटको रोगबाट ग्रसित डाक्टर दाहालको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज (केएमसीमा) निधन भएको छ ।

त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापक दाहालले देशको आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण कदम चालेका थिए ।

स्वर्गीय दाहालसँग सार्वजनिक वित्त तथा करका विषय धेरै जानकारी थियो । उनीसँग नेपाल सरकार अर्थमन्त्रालयले पनि आर्थिक विकासका विषयमा नियमित सल्लाह लिने गरेको थियो ।

स्वर्गीय दाहालले एसियाली विकास बैंकका लागि अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा पनि काम गरेका थिए ।

मेघा बैंकका पहिलो सञ्चालक समिति अध्यक्ष रहेका दाहाल आईएसएसआर (इन्टिच्युट फर इस्टाटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च)का संस्थापक निर्देशक पनि थिए । उनी नेपाल आर्थिक संघका पूर्वअध्यक्ष पनि हुन् । विभिन्न आर्थिक क्षेत्रमा काम गर्ने संस्थाको नेतृत्व गरेका दाहालले देशको आर्थिक विकासका लागि विभिन्न योजना पनि अघि सारेका थिए ।

पछिल्लो समय सामाजिक सञ्जालमा निक्कै क्रियाशिल दाहालले देशको आर्थिक विकास, आर्थिक विकासका लागि सरकारले चाल्नुपर्ने कदम, करप्रणाली सुधारका लागि खेल्नुपर्ने भूमिकालगायतका विषयमा आफ्नो धारणा राख्दै आएका थिए ।

दाहालले १ मार्चमा फेसबुकमा लेखेको स्टाटस्

दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १ : ३८ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने