‘ए मेरो हजुर ३’ को गीत: सुहानाका लागि अनमोलले ताम्रपत्र कोरे « Khabarhub

‘ए मेरो हजुर ३’ को गीत: सुहानाका लागि अनमोलले ताम्रपत्र कोरे


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ३’ को लोकशैलीको गीत सार्वजनिक गरिएको छ । ‘परान’ बोलको गीती भिडियोलाई बुढासुब्बा डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा आशिष अविरल र अञ्जु पन्तको स्वर सुन्न सकिन्छ । आनन्द अधिकारीका शब्द रहेको गीतमा संगीत र एरेन्ज गायक अविरलको नै छ । यस्तै गीतको मिक्सिङ एचबीएन किस्मतले गरेका छन् ।

लोकशैलीको गीतको भिडियोमा अनमोल केसी र सुहाना थापाले नाचेका छन् । भिडियोमा अनमोल र सुहानालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

झरना थापाले निर्देशन गरेको यो फिल्मको कथा निर्देशक थापा र सुमन पौडेलले तयार पारेका हुन् । यस्तै फिल्मको पटकथा तथा संवाद छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतीक पौडेलले लेखेका हुन् ।

सुहाना थापाको डेब्यु फिल्मसमेत रहेको यो फिल्म्मा अनमोल र सुहानाका अलावा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल, रियल राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मले रिलिजअघि राम्रो हाइप बटुलेको छ । फिल्ममा एउटा रोमान्टिक लभ स्टोरी देख्न सकिनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १ : ५८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया