नेपाल र भारतबीचको खेल पहिलो हाफमा बराबरी « Khabarhub

नेपाल र भारतबीचको खेल पहिलो हाफमा बराबरी


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– साफ महिला च्याम्पियनसिपको फाइलनमा नेपाली महिला टोलीले पहिलो हाफमा भारतीय टोलीविरुद्ध बराबरी खेलेको छ । विराटनगरस्थित शहीद रंगशालामा जारी खेलमा नेपालले भारतसँग १—१ गोल बराबरी खेलेको हो ।

खेलमा शुरुवाती अग्रता लिएको भारतविरुद्ध नेपालकी सावित्रा भण्डारीले गोल गर्दै टोलीलाई खेलमा फर्काएकी थिइन् । उनले खेलको ३३ औं मिनेटमा हेड मार्फत् गोल गर्दै भारतविरुद्ध बराबरी गरिन् ।

यसअघि खेलको २६ औं मिनेटमा भारतको तर्फबाट डालीमा छिब्बरले गोल गर्दै घरेलु टोलीविरुद्ध शुरुवाती अग्रता दिलाएकी थिइन् । नेपालका लागि हिरा कुमारी भुजेलले फाउल गरेपछि भारतकी फ्रिकिक एक्सपट छिब्बरको प्रहारले पोष्ट चुमेको थियो । नेपाली गोलकिपर एन्जीला तुम्बा हम्बे सुब्बाले डाइफ हाने पनि गोल रोक्न असफल रहिन् ।

लगातार चार संस्करणको विजेता भारतलाई रोक्दै इतिहास रच्ने लक्ष्यमा रहेको नेपाली टोलीले भारविरुद्ध उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपाली टोलीले हजारौं दर्शकको साथ र हौसल पनि पाएको छ । प्रत्यक्ष खेल हेर्न हजारौं दर्शक रंगशाला आएपछि प्याराफिट खचाखच भरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ४ : ०२ बजे

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका