नेपाल र भारतबीचको खेल पहिलो हाफमा बराबरी | Khabarhub Khabarhub

नेपाल र भारतबीचको खेल पहिलो हाफमा बराबरी


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– साफ महिला च्याम्पियनसिपको फाइलनमा नेपाली महिला टोलीले पहिलो हाफमा भारतीय टोलीविरुद्ध बराबरी खेलेको छ । विराटनगरस्थित शहीद रंगशालामा जारी खेलमा नेपालले भारतसँग १—१ गोल बराबरी खेलेको हो ।

खेलमा शुरुवाती अग्रता लिएको भारतविरुद्ध नेपालकी सावित्रा भण्डारीले गोल गर्दै टोलीलाई खेलमा फर्काएकी थिइन् । उनले खेलको ३३ औं मिनेटमा हेड मार्फत् गोल गर्दै भारतविरुद्ध बराबरी गरिन् ।

यसअघि खेलको २६ औं मिनेटमा भारतको तर्फबाट डालीमा छिब्बरले गोल गर्दै घरेलु टोलीविरुद्ध शुरुवाती अग्रता दिलाएकी थिइन् । नेपालका लागि हिरा कुमारी भुजेलले फाउल गरेपछि भारतकी फ्रिकिक एक्सपट छिब्बरको प्रहारले पोष्ट चुमेको थियो । नेपाली गोलकिपर एन्जीला तुम्बा हम्बे सुब्बाले डाइफ हाने पनि गोल रोक्न असफल रहिन् ।

लगातार चार संस्करणको विजेता भारतलाई रोक्दै इतिहास रच्ने लक्ष्यमा रहेको नेपाली टोलीले भारविरुद्ध उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपाली टोलीले हजारौं दर्शकको साथ र हौसल पनि पाएको छ । प्रत्यक्ष खेल हेर्न हजारौं दर्शक रंगशाला आएपछि प्याराफिट खचाखच भरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ४ : ०२ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार