विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक पारित « Khabarhub

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक पारित


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट संदेश सहित प्राप्त विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ लाई बहुमतले पारित गरेको हो ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्तृकाप्रसाद यादवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५लाई पारित गरियोस् भनि प्रस्ताव गरेका थिए । त्यसअघि विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री यादवले विधेयकमा प्रतिनिधिसभाबाट केही विषयमा संशोधन पनि भई आएको र आवश्यक परे भविष्यमा संशोधन गर्न सकिने भएकाले विधेयक पास गरी सहयोग गर्न आग्रह गरेका थिए ।

संयुक्त संशोधनकर्ताको तर्फबाट राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विधेयकमा रहेका प्रावधानले हजारौ नेपालीको रोजी रोटी खोसिने भन्दै कार्गो सेवालाई पनि विदेशी लगानी आवश्यक नपर्ने सूचीमा राख्नुपर्ने माग गरे । कार्गो सेवा पनि सेवा व्यवसाय भएको र यसमा विदेशी लगानी भित्र्याउँदा स्वदेशी कामदारको रोजी रोटी खोसिने भन्दै ७ नम्बर अनुसुची थप गरी त्यसलाई समावेश गर्न माग गर्दै उनले संशोधन दर्ता गराएका थिए ।

विदेशी लगानी खुल्ला नगरिएका उद्योग या व्यवसाय भनेर कुखुरा पालन, व्यक्तिगत सेवा व्यवसाय, घर जग्गा खरिद विक्री लगायत साना साना उद्योग व्यवसायलाई नेगेटिभ लिस्टमा राखि ६ वटा अनुसूचीमा उल्लेख गरिएको छ । राष्ट्रियसभाको अर्को बैठक आगामी आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ५ : ३८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको