सांसद थापाको प्रश्न– दूध दिँदासम्म गाई पाल्ने र त्यसपछि सडकमा बेवारिसे छाडिदिन मिल्छ ? « Khabarhub

सांसद थापाको प्रश्न– दूध दिँदासम्म गाई पाल्ने र त्यसपछि सडकमा बेवारिसे छाडिदिन मिल्छ ?


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सांसद दिलकुमारी रावल थापा (पार्वती) ले शहरी क्षेत्रमा गाई उपेक्षाको शिकार बनिरहेको बताएकी छिन् ।

शुक्रवारको राष्ट्रियसभा बैठकको विशेष समयमा सांसद थापाले राष्ट्रिय जनावार गाई दूध दिँदासम्म पाल्ने र त्यसपछि सडकमा बेवारिसे छाडिदिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरिन् ।

‘पछिल्लो समय शहरी क्षेत्रमा गाई उपेक्षाको शिकार बनिरहेको छ’ बैठकमा सांसद थापाले भनिन्,‘दूध दिँदासम्म पाल्ने र त्यसपछि सडकमा बेवारिसे छाडिदिने क्रम बढेको छ । यो कार्य अमानवीय त छँदैछ, निन्दनीय पनि हो ।’

बेवारिसे ढंगले छाडिएका गाईका कारण सडक फोहोर हुनुका साथै दुर्घटना समेत बढेको सांसद थापाको भनाइ थियो । उनले काठमाडौंमा मात्र नभएर देशको अन्य स्थानमा पनि यस्तो समस्या रहेको बताइन् ।

उनले छाडा छाडिएका गाईवस्तुको संरक्षण र व्यवस्थापनमा राज्यको ध्यान किन नगएको भन्दै सरकारसँग प्रश्न गरिन् ।

‘सडकमा कष्टकर र बेवारिसे ढंगले रहिरहेका गाईवस्तु व्यवस्थापनमा राज्यको ध्यान तत्काल जाओस्’ सांसद थापाले भनिन्,‘कुनै निश्चित ठाउँमा गौशाला निर्माण गरी गाईवस्तुलाई राख्ने व्यवस्था गर्ने पो हो कि ! ’

सांसद थापाले सडकमा गाईको मात्र नभएर कुकुरको पनि समस्या रहेको बताइन् ।

नेपालमा ३० लाखभन्दा बढी कुकुर रहेको तथ्याङ्क उल्लेख गर्दै सांसद थापाले काठमाडौं उपत्यकामा मात्र २० हजार भन्दा बढी कुकुर सडकमा रहेको बताइन् ।

सडकमा रहेका कुकुरहरूका कारण यातायात आवागमनमा समेत प्रभाव परिरहेका र रेबिज जस्ता रोगहरूको प्रकोप फैलिने खतरा रहेको औंल्याइन् ।

‘यस्ता कुकुरहरूको नियन्त्रण र व्यवस्थापनमा राज्यको ध्यान जान सकिरहेको छैन’ थपाले संसदमा भनिन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ५ : ४७ बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित