सांसद थापाको प्रश्न– दूध दिँदासम्म गाई पाल्ने र त्यसपछि सडकमा बेवारिसे छाडिदिन मिल्छ ? « Khabarhub

सांसद थापाको प्रश्न– दूध दिँदासम्म गाई पाल्ने र त्यसपछि सडकमा बेवारिसे छाडिदिन मिल्छ ?


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सांसद दिलकुमारी रावल थापा (पार्वती) ले शहरी क्षेत्रमा गाई उपेक्षाको शिकार बनिरहेको बताएकी छिन् ।

शुक्रवारको राष्ट्रियसभा बैठकको विशेष समयमा सांसद थापाले राष्ट्रिय जनावार गाई दूध दिँदासम्म पाल्ने र त्यसपछि सडकमा बेवारिसे छाडिदिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरिन् ।

‘पछिल्लो समय शहरी क्षेत्रमा गाई उपेक्षाको शिकार बनिरहेको छ’ बैठकमा सांसद थापाले भनिन्,‘दूध दिँदासम्म पाल्ने र त्यसपछि सडकमा बेवारिसे छाडिदिने क्रम बढेको छ । यो कार्य अमानवीय त छँदैछ, निन्दनीय पनि हो ।’

बेवारिसे ढंगले छाडिएका गाईका कारण सडक फोहोर हुनुका साथै दुर्घटना समेत बढेको सांसद थापाको भनाइ थियो । उनले काठमाडौंमा मात्र नभएर देशको अन्य स्थानमा पनि यस्तो समस्या रहेको बताइन् ।

उनले छाडा छाडिएका गाईवस्तुको संरक्षण र व्यवस्थापनमा राज्यको ध्यान किन नगएको भन्दै सरकारसँग प्रश्न गरिन् ।

‘सडकमा कष्टकर र बेवारिसे ढंगले रहिरहेका गाईवस्तु व्यवस्थापनमा राज्यको ध्यान तत्काल जाओस्’ सांसद थापाले भनिन्,‘कुनै निश्चित ठाउँमा गौशाला निर्माण गरी गाईवस्तुलाई राख्ने व्यवस्था गर्ने पो हो कि ! ’

सांसद थापाले सडकमा गाईको मात्र नभएर कुकुरको पनि समस्या रहेको बताइन् ।

नेपालमा ३० लाखभन्दा बढी कुकुर रहेको तथ्याङ्क उल्लेख गर्दै सांसद थापाले काठमाडौं उपत्यकामा मात्र २० हजार भन्दा बढी कुकुर सडकमा रहेको बताइन् ।

सडकमा रहेका कुकुरहरूका कारण यातायात आवागमनमा समेत प्रभाव परिरहेका र रेबिज जस्ता रोगहरूको प्रकोप फैलिने खतरा रहेको औंल्याइन् ।

‘यस्ता कुकुरहरूको नियन्त्रण र व्यवस्थापनमा राज्यको ध्यान जान सकिरहेको छैन’ थपाले संसदमा भनिन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ५ : ४७ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले