आगलागीबाट १६ घर-गोठ जलेर नष्ट « Khabarhub

आगलागीबाट १६ घर-गोठ जलेर नष्ट


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ६ पैकी वण्डामा शुक्रबार दिउँसो भएको आगलागीबाट १६ घर गोठ जलेर नष्ट भएका छन् ।

स्थानीय बुधई कुर्मीको गोठबाट शुरु भएको आगलागीबाट वरपरका अन्य ११ घर र ५ गोठ समेत जलेर नष्ट भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

आगलागी लगत्तै कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकाको २ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट करीब ५४ लाख रुपैया बराबरको धनमाल जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ६ : २४ बजे

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६