मेस्सी र रोनाल्डो आ–आफ्नो राष्ट्रिय टोलीमा फर्किए « Khabarhub

मेस्सी र रोनाल्डो आ–आफ्नो राष्ट्रिय टोलीमा फर्किए


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अर्जेन्टिनाका कप्तान लियोन मेस्सी तथा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो जुलाई पछि पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका छन् ।

शनिबार बिहान भेनेजुयलाविरुद्धको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा कप्तान मेस्सी मैदान उत्रिनेछन् । यस्तै, पोर्चुगलका कप्तान रोनाल्डो युरोपा कप २०२० को छनोटमा यूक्रेनविरुद्ध मैदान उत्रिदैछन् ।

रसिया विश्वकपमा अर्जेन्टिना अन्तिम—१६ मा फ्रान्ससँग पराजित भएपछि राष्ट्रिय टोलीबाट खेलेका थिएनन् । त्यस्तै, रोनाल्डोपनि विश्वकप पछि राष्ट्रिय टोलीबाहिर रहेका थिए ।

रोनाल्डोबिनै नेसन्स लिग खेलेको पोर्चुुगल सेमिफाइनलसम्म पुगेको थियो । ३४ वर्षे रोनाल्डोले पोर्चुगलबाट खेलेका १ सय ५४ अन्तराष्ट्रिय खेलमा ८५ गोल गरेका छन् ।

यस्तै, ३१ वर्षे मेस्सीले अर्जेन्टिनाबाट खेलेका १सय२८ अन्तराष्ट्रिय खेलमा ६५ गोल गरेका थिए । मेस्सी टोलीमा फर्किएकोमा मुख्य प्रशिक्षक लियोनल स्कालोनीले खुसी व्यक्त गरेका छन् । “यो मेरा लागि र सबैका लागि खुसीको कुरा हो । विश्वकै महान खेलाडी टिममा रहँदा टिमबाट अपेक्षा पनि धेरै हुनेगर्छ,” प्रशिक्षक स्कालोनिले भने ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ८ : ०९ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ