लगानी सम्मेलनको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

लगानी सम्मेलनको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न लगानी सम्मेलनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको उद्योग–वाणिज्य प्रवर्द्धन सम्वाद परिषद्को दोश्रो बैठकमा उनले लगानीको वातावरण बनाउन र अधिकतम लगानी आवश्यक रहेको भन्दै यसको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले लगानी भित्र्याउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै सम्मेलको तयारीका लागी जुट्न आग्रह गरे । नेपालमा लगानीका क्षेत्रको पहिचानका साथै सम्भावना रहेको क्षेत्रका बारेमा थप अध्ययन गर्न पनि आग्रह गरे ।

बैठकपछि नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बैठक लगानी सम्मेलनलाई सफल बनाउने बिषयमा केन्द्रित भएको जानकारी दिए । परिषद्को भावी मोडलका बारेमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए । सरकारले गत असोज १५ गते प्रधानमन्त्रीको अध्यक्षतामा ३० सदस्यीय ‘उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद्’ गठन गरेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ८ : १८ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १