लगानी सम्मेलनको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

लगानी सम्मेलनको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न लगानी सम्मेलनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको उद्योग–वाणिज्य प्रवर्द्धन सम्वाद परिषद्को दोश्रो बैठकमा उनले लगानीको वातावरण बनाउन र अधिकतम लगानी आवश्यक रहेको भन्दै यसको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले लगानी भित्र्याउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै सम्मेलको तयारीका लागी जुट्न आग्रह गरे । नेपालमा लगानीका क्षेत्रको पहिचानका साथै सम्भावना रहेको क्षेत्रका बारेमा थप अध्ययन गर्न पनि आग्रह गरे ।

बैठकपछि नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बैठक लगानी सम्मेलनलाई सफल बनाउने बिषयमा केन्द्रित भएको जानकारी दिए । परिषद्को भावी मोडलका बारेमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए । सरकारले गत असोज १५ गते प्रधानमन्त्रीको अध्यक्षतामा ३० सदस्यीय ‘उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद्’ गठन गरेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ८ : १८ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस