अमेरिकाले पाँच वर्षभित्र डेढ खर्ब सहयोग गर्दै « Khabarhub

अमेरिकाले पाँच वर्षभित्र डेढ खर्ब सहयोग गर्दै


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिकाले पाँच वर्षभित्र नेपाललाई दिने सहयोग डेढ खर्ब रूपैयाँ बराबर पुर्‍याउने भएको छ । २४३ औं राष्ट्रिय दिवस मनाउने क्रममा अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीले अमेरिकाले नेपालाई बिना कुनै शर्त यो सहयोग दिन लागेको प्रष्ट पारेका हुन्।

नेपाल र अमेरिकाबीच ७२ वर्ष लामो सम्बन्ध रहेको बताउँदै राजदूत बेरीले अमेरिकाले साझेदारको रुपमा सहयोग गर्न लागेको उल्लेख गरे। उनले दुई देशबीचको यस्तो सहयोग र सम्बन्ध निरन्तर रहिरहोस भन्ने कामना समेत गरे ।

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ मा मनाउने गरिएकोमा उक्त समयमा मनसुन पर्ने कारणले केही महिना अघि नै मनाउने गरिएको छ।

शुक्रबार २४३ औं राष्ट्रिय दिवस मनाउने क्रममा राष्ट्रिय/अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नेपालस्थित अमेरिकी मिशनले नेपालको अर्थतन्त्र र जनजीविकाका सवालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ११ : ४० बजे

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार