लिग वानको उपाधि पीएसजीलाई, एमबाप्पेको ह्याट्रिकसँगै नेयमारको पुनरागम छाँयामा « Khabarhub

लिग वानको उपाधि पीएसजीलाई, एमबाप्पेको ह्याट्रिकसँगै नेयमारको पुनरागम छाँयामा


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्सको महारथी पेरिस सेन्ट जर्मनले यो सिजनको फ्रान्सली लिग वानको उपाधि उचालेको छ । आइतबार राति भएको खेलमा मोनाकोविरुद्ध युवा खेलाडी केलियन एमबाप्पेले ह्याट्रिक गर्दै टिमलाई उपाधि दिलाएका थिए ।

उपाधि उचाल्न सफल पीएसजीले मोनाकोलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । जसमा एम्बाप्पेले ह्याट्रिक गर्दा मोनाकोले एक गोल फर्काउन सफल भयो ।

अंक तालिकाका आधारमा यसअघिदेखि नै ठूलो अन्तर बनाएको पीएसजीले आइतबार उपाधि उचालेको हो । यो सिजनमा पीएसजीलाई उपाधि दिलाउन युवा स्टार एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे ।

त्यस्तै, विगत ३ महिनाको आरामपछि अर्का युवा स्टार नेयमार पनि मैदान उत्रिएका थिए । उनको खुट्टामा चोट लागेपछि आराम पाएका थिए । मोनाकोविरुद्ध खेलएमबाप्पेले ह्याट्रिक गर्दा नेयमारको पुनरागमन छाँयामा परेको छ ।

मोनाकोविरुद्ध एम्बाप्पेले खेलको १५, ३८ र ५५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । पीएसजीविरुद्ध मोनाकोका एलेक्सजेन्डर गोलोभिनले ८० मिनेटमा गोल गरे ।
पीएसजीका स्टार खेलाडी एमबाप्पेले यो सिजनको लिग वानमा ३० गोल गरेका छन् । पछिल्ला सात सिजनमध्ये पीएसजीले ६ पटक उपाधि उचालेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : १७ बजे

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि