लिग वानको उपाधि पीएसजीलाई, एमबाप्पेको ह्याट्रिकसँगै नेयमारको पुनरागम छाँयामा « Khabarhub

लिग वानको उपाधि पीएसजीलाई, एमबाप्पेको ह्याट्रिकसँगै नेयमारको पुनरागम छाँयामा


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्सको महारथी पेरिस सेन्ट जर्मनले यो सिजनको फ्रान्सली लिग वानको उपाधि उचालेको छ । आइतबार राति भएको खेलमा मोनाकोविरुद्ध युवा खेलाडी केलियन एमबाप्पेले ह्याट्रिक गर्दै टिमलाई उपाधि दिलाएका थिए ।

उपाधि उचाल्न सफल पीएसजीले मोनाकोलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । जसमा एम्बाप्पेले ह्याट्रिक गर्दा मोनाकोले एक गोल फर्काउन सफल भयो ।

अंक तालिकाका आधारमा यसअघिदेखि नै ठूलो अन्तर बनाएको पीएसजीले आइतबार उपाधि उचालेको हो । यो सिजनमा पीएसजीलाई उपाधि दिलाउन युवा स्टार एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे ।

त्यस्तै, विगत ३ महिनाको आरामपछि अर्का युवा स्टार नेयमार पनि मैदान उत्रिएका थिए । उनको खुट्टामा चोट लागेपछि आराम पाएका थिए । मोनाकोविरुद्ध खेलएमबाप्पेले ह्याट्रिक गर्दा नेयमारको पुनरागमन छाँयामा परेको छ ।

मोनाकोविरुद्ध एम्बाप्पेले खेलको १५, ३८ र ५५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । पीएसजीविरुद्ध मोनाकोका एलेक्सजेन्डर गोलोभिनले ८० मिनेटमा गोल गरे ।
पीएसजीका स्टार खेलाडी एमबाप्पेले यो सिजनको लिग वानमा ३० गोल गरेका छन् । पछिल्ला सात सिजनमध्ये पीएसजीले ६ पटक उपाधि उचालेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : १७ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु