धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध– मन्त्री राई « Khabarhub

धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध– मन्त्री राई


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले संविधानविपरीत धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध लगाइने बताएका छन् ।

नेपाल ख्रिस्टीयन महासङ्घले पुनरुत्थान इस्टर पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले सबैले आ–आफ्ना धर्म मान्न पाउने स्वतन्त्रता भए पनि धर्मका नाममा केही तत्व सल्बलाइरहेको बताए ।

“धर्मका नाममा राजनीति गर्नेलाई पाखा लगाउनुपर्छ, संविधानका दृष्टिमा सबै जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका मानिस समान हुन्छन्, धर्मका नाममा राजनीति गरेर कसैले अस्थिरता निम्त्याउनुहुन्न”, मन्त्री राईले भने ।

विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्ष नहुने भएकाले नेपाली काङ्ग्रेसलाई पनि रचनात्मक सहयोग गर्न उनले आह्वान गरे ।
काङ्ग्रेस नेता रामहरि खतिवडाले दुई तिहाइका सरकारले दम्भ देखाउने र पूरा हुन नसक्ने सपना बाँडेर समय खर्च गरिरहेको आरोप लगाए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता झक्कुप्रसाद सुवेदीले सरकारले काम गर्ने बाटो समाएकाले उपलब्धिको मूल्याङ्कन गर्न केही समय कुर्नुपर्ने बर्ताए ।
कार्यक्रममा महासङ्घका अध्यक्ष सिवी गहतराज लगायतले सरकारको दृष्टिमा सबै धर्म समान हुनुपर्ने बताए ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : ३५ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट