नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७१ वर्ष पुग्यो, विभिन्न कार्यक्रम गरी मनाइँदै « Khabarhub

नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७१ वर्ष पुग्यो, विभिन्न कार्यक्रम गरी मनाइँदै


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवस । नेपालमा कम्युनिष्ट पार्टीहरुले स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदैछन् ।

७१ वर्ष अघि कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि उनको पहलमा कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली भाषामा पहिलोपटक अनुवाद गरिएको थियो । सिद्धान्ततः मार्क्सवाद र लेलिनवादमा विश्वास गर्ने भएपनि शुरुमा एउटै नाममा रहेको कम्युनिष्ट पार्टी कार्यशैली र विचारधारागत मतभेदका कारण विभिन्न टुक्रामा विभाजित छन् ।

तर गत वर्ष तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर अहिले देशको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बनेको छ र यही पार्टीले अहिले देशको शासन चलाई रहेको छ ।

कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर नेकपाले एकता भएको ११ महिनापछि तल्ला तहरुको एकीकरण सकेको छ र आजै एक कार्यक्रमकाबीच यसको घोषणा गर्ने कार्यक्रम रहेको् छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : ४१ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट