नेकपाको जिल्ला नेतृत्व घोषणा आज, पूर्वएमालेको भागमा ४५ र पूर्वमाओवादीलाई ३२ जिल्ला « Khabarhub

नेकपाको जिल्ला नेतृत्व घोषणा आज, पूर्वएमालेको भागमा ४५ र पूर्वमाओवादीलाई ३२ जिल्ला


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाले सोमबार(आज) जिल्ला नेतृत्वको घोषणा गर्दै छ ।

नेपाल कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसको अवसरमा नेकपाले सोमबार दिउँसो हुने कार्यक्रममा जिल्ला नेतृत्वको घोषणा गर्न लागेको हो ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको ११ महिनापछि नेकपाले आइतवार ७७ वटै जिल्लाको नेतृत्व टुंगो लगाएको थियो ।

नेकपाको आइतवार बसेको सचिवालय बैठकले जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको र आजको कार्यक्रममा सार्वजनिक गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए ।

७७ जिल्लमध्ये पूर्व एमालेले ४५ र पूर्वमाओवादीले ३२ जिल्लाको नेतृत्व गर्नेछन् ।

पूर्व एमालेको भागमा अध्यक्ष परे सचिव पूर्वमाओवादीको तर्फबाट हुनेछ । त्यस्तै पूर्वमाओवादीको भागमा अध्यक्ष परेको जिल्लामा सचिव पूर्व एमालेको तर्फबाट हुने सहमति नेताहरुबीच भएको छ ।

जिल्ला नेतृत्वमा कसको वर्चस्व रहने भन्ने विवदामा अल्झिरहेका नेकपाका शीर्ष नेताहरुबीच विगतको नेतृत्वलाई प्राथमिकता दिने सैद्धान्तिक सहमति भएपछि विवाद टुंगिएको हो ।

यो सहमतिले सांसद, मन्त्री, स्थानीय तहका प्रमुख, उपप्रमुख लगायत पदमा रहेका पनि अध्यक्ष, सचिवलगायत नेतृत्वदायी पदमा रहने छन् । यसअघि पार्टीको केन्द्रीय सचिवालयले सांसद, मन्त्री, स्थानीय तहको प्रमुख, उपप्रमुखलगायत अन्य जिम्मेवारीमा रहेका व्यक्तिलाई जिल्लाको नेतृत्व नदिने गरी सर्कुलर जारी गरेको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ८ : ४३ बजे

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म

कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन

मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको सुई अभाव

झापा – मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं – कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका

रुसी तेल पाइपलाइन खोल्न इयूको दबाब ‘ब्ल्याकमेल’ भएको जेलेन्स्कीको भनाइ

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना युरोपेली सहयोगीहरूलाई रुसी