नेकपाको जिल्ला नेतृत्व घोषणा आज, पूर्वएमालेको भागमा ४५ र पूर्वमाओवादीलाई ३२ जिल्ला | Khabarhub Khabarhub

नेकपाको जिल्ला नेतृत्व घोषणा आज, पूर्वएमालेको भागमा ४५ र पूर्वमाओवादीलाई ३२ जिल्ला


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाले सोमबार(आज) जिल्ला नेतृत्वको घोषणा गर्दै छ ।

नेपाल कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसको अवसरमा नेकपाले सोमबार दिउँसो हुने कार्यक्रममा जिल्ला नेतृत्वको घोषणा गर्न लागेको हो ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको ११ महिनापछि नेकपाले आइतवार ७७ वटै जिल्लाको नेतृत्व टुंगो लगाएको थियो ।

नेकपाको आइतवार बसेको सचिवालय बैठकले जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको र आजको कार्यक्रममा सार्वजनिक गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए ।

७७ जिल्लमध्ये पूर्व एमालेले ४५ र पूर्वमाओवादीले ३२ जिल्लाको नेतृत्व गर्नेछन् ।

पूर्व एमालेको भागमा अध्यक्ष परे सचिव पूर्वमाओवादीको तर्फबाट हुनेछ । त्यस्तै पूर्वमाओवादीको भागमा अध्यक्ष परेको जिल्लामा सचिव पूर्व एमालेको तर्फबाट हुने सहमति नेताहरुबीच भएको छ ।

जिल्ला नेतृत्वमा कसको वर्चस्व रहने भन्ने विवदामा अल्झिरहेका नेकपाका शीर्ष नेताहरुबीच विगतको नेतृत्वलाई प्राथमिकता दिने सैद्धान्तिक सहमति भएपछि विवाद टुंगिएको हो ।

यो सहमतिले सांसद, मन्त्री, स्थानीय तहका प्रमुख, उपप्रमुख लगायत पदमा रहेका पनि अध्यक्ष, सचिवलगायत नेतृत्वदायी पदमा रहने छन् । यसअघि पार्टीको केन्द्रीय सचिवालयले सांसद, मन्त्री, स्थानीय तहको प्रमुख, उपप्रमुखलगायत अन्य जिम्मेवारीमा रहेका व्यक्तिलाई जिल्लाको नेतृत्व नदिने गरी सर्कुलर जारी गरेको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ८ : ४३ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ ३ गते शनिबार। जेठ

आज २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ३ गते शनिबार। जेठ

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी