मन्थली विमानस्थलको चउरमा धस्सियो तारा एयरको विमान « Khabarhub

मन्थली विमानस्थलको चउरमा धस्सियो तारा एयरको विमान


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– रामेछापको मन्थली विमानस्थलमा तारा एयरको जहाज अवतरणका क्रममा चिप्लिएर चउरमा धस्सिएको छ ।

काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयर नाइन एन एकेके कल साइन भएको डोर्नियर विमान खराब मौसमका कारण लुक्लामा अवतरण हुन नसकेपछि मन्थली फर्किएको थियो ।

मन्थलीमा अवतरणका क्रममा जहाजको चक्का विमानस्थलको सुरक्षाका लागि लगाइएको तारजालीमा ठोक्किएको थियो ।

तारजालीमा ठोक्किएपछि अनियन्त्रित भएको जहाज रनवे छाडेर चउरमा गएर धस्सिएको जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रमुख, प्रहरी निरीक्षक शेख अदालतले खबरहबलाई जानकारी दिए ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक अदालतले जानकारी दिए । यद्यपि जहाजको चक्कामा भने क्षति पुगेको उनले जानकारी दिए ।

जहाजमा १४ जना यात्रु सवार रहेका जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  १० : ४६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको