साढे दुई वर्ष क्यान्सर रोगबाट पीडित मन्दिराको उपचार हुँदै, अस्पतालले निशुल्क उपचार गर्ने « Khabarhub

साढे दुई वर्ष क्यान्सर रोगबाट पीडित मन्दिराको उपचार हुँदै, अस्पतालले निशुल्क उपचार गर्ने


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचार गर्ने आर्थिक स्रोत नहुँदा साढे दुई वर्षदेखि क्यान्सर रोगबाट पीठित  रहेकी मोरङकी मन्दिरा गुरुङको उपचार हुने भएको छ ।

साढे दुईवर्ष अघि स्तन क्यान्सर भएपनि रकम अभावमा उपचार नगराइ बसेकी गुरुङलाई उपचारको लागि काठमाडौं ल्याइएको थियो ।

गुरुङलाई ललितपुरको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको छ । गुरुङको आज (सोमबार) क्यान्सर भएको देव्रे स्तनको शल्यक्रिया गरेर उपचार गर्न लागिएको अस्पतालका स्तन क्यान्सर रोग विशेषज्ञ डाक्टर कपेन्द्र शंकर अमात्यले बताए ।

‘उहाँको क्यान्सर तेस्रो स्टेजमा पुगेको छ । क्यान्सर भएको स्तनमा घाउ समेत भएकाले स्तन काटेर फाल्नुपर्छ,’ डा अमात्यले खबरहबसँग भने ‘अप्रेसनको लागि बिरामीलाई अप्रेसन थिएटरमा लगिसकेका छौं, अब केही समयमै अप्रेसन हुन्छ ।’

गुरुङको उपचारको लागि ९ महिना समय लाग्ने डा अमात्यले बताए ।

गुरुङको क्यान्सरको उपचारका लागि ९ महिनासम्म अस्पतालम अस्पतालमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले निशुल्क गरेको छ । डा अमात्यका अनुसार ९ महिनासम्म तेस्रो स्टेजको क्यान्सरका बिरामीको लागि करिब ७ लाख खर्च लाग्ने गर्छ ।

गुरुङलाई मोरङका युवा विरेन्द्र कुमार साहले उपचारका लागि काठमाडौं ल्याएका हुन् ।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा साढे दुईवर्षसम्म रोग पालेर घरमै बसेकी गुरुङ क्यान्सरको उपचार गर्न पाउँदा खुसी भएकी छन् ।

उनले खबरहबसँग भनिन्, ‘सबैले मिलेर मलाई अस्पतालसम्म ल्याउनुभयो, निशुल्क उपचार गराउँदै हुनुहुन्छ म धेरै खुसी छु अब चाँहि बाँच्छु कि भन्ने आसा पलाएको छ।’

यो पनि पढ्नुस् :

अस्पताल पुग्ने पैसा नहुँदा क्यान्सर पालेर साँढे दुई वर्ष घरमै

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ११ : ०५ बजे

महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर

सुर्खेत– तीन वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीका

गणेश नेपाली प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं- त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते