युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी « Khabarhub

युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा हास्य कलाकार राष्ट्रपतिमा विजयी भएका छन् । आइतबार राष्ट्रपति पदका लागि भएको दोश्रो चरणको मतदानमा विजयी भएसँगै भोलोदिम्यिर जेलेन्स्की युक्रेनको नयाँ राष्ट्रपति चुनिएका हुन् ।

उनले निवर्तमान राष्ट्रपति पेत्रो पोरोसेन्कोलाई भारी मतअन्तरले पराजित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । निर्वाचनको मतपरिणाम अनुसार जेलेन्स्कीले ७३ प्रतिशत भन्दा धेरै मत प्राप्त गरेका छन् भने पोरोसेन्कोले केबल २४ प्रतिशत मत प्राप्त गरेका छन् ।

खासै राजनीतिक अनुभव नरहेका जेलेन्स्की विगत केही वर्षयता टेलिभिजन कार्यक्रममा हास्य कलाकारका रुपमा काम गर्दै आएका थिए । पछिल्लो राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिएका उनले युक्रेनको वर्तमान संस्थापनको तीब्र आलाचना गर्दै आएका थिए ।

पहिलो चरणको चुनावमा कुनै उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत ल्याउन नसकेमा सबैभन्दा बढी मत ल्याउने २ जनाबीच दोस्रो चरणको चुनाव हुने प्रावधान अनुसार आइतबार मतदान भएको हो ।

यसअघि ३१ मार्चमा भएको पहिलो चराणको निर्वाचनमा जेलेन्स्कीले ३०.२ प्रतिशत तथा पोरोशेन्कोले १६.७ प्रतिशत मात्र मत प्राप्त गरेका थिए ।

चुनावी मतपरिणामबाट विजयी हुने सुनिश्चित भएसँगै जेलेन्स्कीले आफ्ना समर्थकहरुलाई राजधानी किभमा सम्बोधन गर्दै आफूले युक्रेनी जनताको भावनामा कहिल्यै कुठाराघात नगर्ने बाचा गरेका छन् ।

पराजित राष्ट्रपति पोरोशेन्कोले आफ्नो हार भएको स्वीकार्दै विजयी जेलेन्स्कीलाई बधाई दिएको बताइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ५ : २६ बजे

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया