श्रीमतीलाई आगो लगाएर हत्याको प्रयास | Khabarhub Khabarhub

श्रीमतीलाई आगो लगाएर हत्याको प्रयास


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा लागुऔषध दुर्व्यसनी एक व्यक्तिले नसाको सुरमा आफ्नै श्रीमतीलाई आगो लगाई हत्याको प्रयास गरेका छन् । प्रहरीका अनुसार, धनुषाको शहीद नगरपालिका पुरवारी टोलका २४ वर्षीय मुकेश गोइत यादवले आफ्नै श्रमती निर्मला यादवलाई हातखुट्टा बाँधेर आगो लगाएका थिए ।

अहिले काठमाडौँ स्थित वर्न होस्पिटलमा उपचारत उनको ७० प्रतिशत भन्दा बढि छाला जलेको छ । मुकेश र निर्मलाबीच १० महिना अघि विवाह भएको थियो ।

प्रहरीका अनुसार, वैशाख ५ गते निर्मला एक्लै भएका बेला लागुपदार्थको नसामा मुकेशले निर्मलालाई कुटपिट गर्दै मट्टीतेल छर्केर आगो लगाएका थिए ।

निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए । घटनापछि निर्मलाका बुवा कामे भुसकुलियाले प्रहरीमा उजुरी गरेका थिए । अहिले प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ५ : ४२ बजे

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट