प्रभु बैंकको नयाँ शाखा साँखुमा « Khabarhub

प्रभु बैंकको नयाँ शाखा साँखुमा


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रभु बैंकले सेवाग्राहीलाई सहज पहुँच पुर्‍याउने उद्देश्यका साथ वैशाख ८ गते देखि साँखुमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

सोमबार शाखाको उद्घाटन गर्दै शंखरापुर नगपालिकाका मेयर सुवर्ण श्रेष्ठले प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकामा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।

कार्यक्रममा प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैकले कृषि, उद्योग र पर्यटन क्षेत्रमा लगानी बढाउने उद्देश्यका साथ बिभिन्न सहुलियत पुर्ण कर्जा प्रदान गर्दै आइरहेको हुदा कृषि, उद्योग र पर्यटनको प्रचुर संभावना बोकेको साँखु क्षेत्रका स्थानिय बासिन्दालाई यस बैकबाट प्रदान गरीने बिभिन्न कर्जा सुविधा लगायतका अन्य अत्याधुनिक सेवा उपभोग गरी लाभ लिन आग्रह गरे ।

आइतबारदेखि सञ्चालनमा आएको प्रभु बैंकको साँखु शाखा कार्यालयबाट ग्राहकले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुने र समग्र नगरवासीको आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ५ : ४७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया