प्रहरीको उपलब्धि : ७८ केजी बढी सुन बरामददेखि पुरस्कार प्राप्तिसम्म « Khabarhub

प्रहरीको उपलब्धि : ७८ केजी बढी सुन बरामददेखि पुरस्कार प्राप्तिसम्म


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै विकासका गतिविधिमा देखिएका सुरक्षा चुनौतीको सामना गर्न नेपाल प्रहरी सक्षम रहेको बताएका छन् ।

सोमबार भएको कार्यक्रममा  नेपाल प्रहरीले वर्ष २०७५ भित्र सम्पादन गरेका र हासिल भएका उपलब्धिहरु सार्वजनिक गरेको हो।

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरीले २०७५ सालमा ट्राफिक प्रहरीले पाएको प्रोत्साहन भत्तासहित मानव बेचबिखन र साइबर क्राइम ब्यूरो स्थापना गरेको लगायतका विवरण प्रस्तुत गरेको हो ।

कतार प्रहरीसँग यो अवधिमा सुरक्षा र प्रविधि साझेदारी गरेको प्रहरीले इन्टरपोलमा वर्ष ०७५ भित्र १६ थप गरी कूल ३१ रेड कर्नर नोटिस र २५ थप गरी कूल ३५ जनामा ड्युफ्यूजन नोटिस जारी भएको समेत बताएको छ ।

बाल यौन दुराचारको घटनामा समेत ठूलो अपरेसन गरेको प्रहरीले चर्चित घटना र ब्यक्तिको हत्यामा संलग्नलाई पक्राउ गरी कारागार जेल चलान गरेको बताएको छ ।

यस अवधिमा ५ सय हत्याका घटना भएका छन् । जसमध्ये १ सय ५३ श्रीमानबाट श्रीमतीको, ३० श्रीमतीबाट श्रीमानको हत्या भएको जनाइएको छ । बलात्कृत हुनेमा ६४ प्रतिशत बालिका रहेको र ती अधिकाशं आफन्त र चिनेको मानिसबाट हुने गरेको बताइएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम लागू भएपछि २ हजार २ सय ६३ फरार अभियुक्त पक्राउ परेको जनाइएको छ । सो अवधिमा प्रहरीले ४ सय ३५ अवैध हातहतियार समेत बरामद गरेको र ४२९ थान हतियार बुझाइएको बताइएको छ ।

विभिन्न घटनाका ३७ हजार ६ सय ९९ जना ब्यक्ति पक्राउ गरेको छ । ७८ केजी ८ सय ७६ ग्राम अवैध सुन बरामद गर्दा १ सय ३७ जना पक्राउ परेको र त्यसबाट ४५ करोड ४० लाख राजश्व संकलन भएको बताइएको छ ।

यस आर्थिक वर्षमा नेपाल प्रहरीले सरकारलाई कूल १ अर्ब ९३ करोड राजश्व सघाएको समेत जनाएको छ । ३ हजार ६ सय १९ विपदका घटनामा खटिएको प्रहरीमा ७ सय ५० प्रहरी इकाइ आवश्यकता रहेको बताइएको छ ।

जसमा अझै २२ हजार ४ सय १८ प्रहरी जनशक्ति थप आवश्यक रहेको बताइएको छ । ७ सय प्रहरी युनिटमा मेस, शौचालय र स्थान गृह अभाव रहेको समेत बताइएको छ ।

नेपाल प्रहरीलाई २५ सय ५२ रोपनि जग्गा प्राप्त भएको समेत बताइएको छ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बिषयमा संगठन प्रमुख सर्वेन्द्र खनालले अनुसन्धान भइरहेको बताए ।

प्रहरी संगठनमा १९ सय ८० जना कारबाहीमा परेको र ४७ सय ७४ जना पुरस्कृत भएको समेत बताइएको छ । यो अवधिमा प्रहरीले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेको जनाइएको छ । साथै प्रहरीले विभिन्न ब्यूरोका निर्देशिका समेत जारी गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ६ : ३४ बजे

राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

काठमाडौं– नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई

इञ्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार

जन्तर-मन्तरमा कक्रोचको प्रदर्शन : विद्यार्थीविरुद्ध मुद्दा नचलाइने, २७ सयभन्दा बढीको जाहेरी यथावत

नयाँदिल्ली- भारत सरकारले नीट (नीट) प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा प्रदर्शन

सुनकोशीमा कार खस्दा तीन जना बेपत्ता, खोजी गर्न गोताखोर परिचालन

काठमाडौं– सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसको ठक्करपछि सुनकोशी

‘ट्राफिक प्रहरीको उद्देश्य दुर्घटना न्यूनीकरण हो, जरिवाना असुली होइन’

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको