प्रहरीको उपलब्धि : ७८ केजी बढी सुन बरामददेखि पुरस्कार प्राप्तिसम्म « Khabarhub

प्रहरीको उपलब्धि : ७८ केजी बढी सुन बरामददेखि पुरस्कार प्राप्तिसम्म


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै विकासका गतिविधिमा देखिएका सुरक्षा चुनौतीको सामना गर्न नेपाल प्रहरी सक्षम रहेको बताएका छन् ।

सोमबार भएको कार्यक्रममा  नेपाल प्रहरीले वर्ष २०७५ भित्र सम्पादन गरेका र हासिल भएका उपलब्धिहरु सार्वजनिक गरेको हो।

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरीले २०७५ सालमा ट्राफिक प्रहरीले पाएको प्रोत्साहन भत्तासहित मानव बेचबिखन र साइबर क्राइम ब्यूरो स्थापना गरेको लगायतका विवरण प्रस्तुत गरेको हो ।

कतार प्रहरीसँग यो अवधिमा सुरक्षा र प्रविधि साझेदारी गरेको प्रहरीले इन्टरपोलमा वर्ष ०७५ भित्र १६ थप गरी कूल ३१ रेड कर्नर नोटिस र २५ थप गरी कूल ३५ जनामा ड्युफ्यूजन नोटिस जारी भएको समेत बताएको छ ।

बाल यौन दुराचारको घटनामा समेत ठूलो अपरेसन गरेको प्रहरीले चर्चित घटना र ब्यक्तिको हत्यामा संलग्नलाई पक्राउ गरी कारागार जेल चलान गरेको बताएको छ ।

यस अवधिमा ५ सय हत्याका घटना भएका छन् । जसमध्ये १ सय ५३ श्रीमानबाट श्रीमतीको, ३० श्रीमतीबाट श्रीमानको हत्या भएको जनाइएको छ । बलात्कृत हुनेमा ६४ प्रतिशत बालिका रहेको र ती अधिकाशं आफन्त र चिनेको मानिसबाट हुने गरेको बताइएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम लागू भएपछि २ हजार २ सय ६३ फरार अभियुक्त पक्राउ परेको जनाइएको छ । सो अवधिमा प्रहरीले ४ सय ३५ अवैध हातहतियार समेत बरामद गरेको र ४२९ थान हतियार बुझाइएको बताइएको छ ।

विभिन्न घटनाका ३७ हजार ६ सय ९९ जना ब्यक्ति पक्राउ गरेको छ । ७८ केजी ८ सय ७६ ग्राम अवैध सुन बरामद गर्दा १ सय ३७ जना पक्राउ परेको र त्यसबाट ४५ करोड ४० लाख राजश्व संकलन भएको बताइएको छ ।

यस आर्थिक वर्षमा नेपाल प्रहरीले सरकारलाई कूल १ अर्ब ९३ करोड राजश्व सघाएको समेत जनाएको छ । ३ हजार ६ सय १९ विपदका घटनामा खटिएको प्रहरीमा ७ सय ५० प्रहरी इकाइ आवश्यकता रहेको बताइएको छ ।

जसमा अझै २२ हजार ४ सय १८ प्रहरी जनशक्ति थप आवश्यक रहेको बताइएको छ । ७ सय प्रहरी युनिटमा मेस, शौचालय र स्थान गृह अभाव रहेको समेत बताइएको छ ।

नेपाल प्रहरीलाई २५ सय ५२ रोपनि जग्गा प्राप्त भएको समेत बताइएको छ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बिषयमा संगठन प्रमुख सर्वेन्द्र खनालले अनुसन्धान भइरहेको बताए ।

प्रहरी संगठनमा १९ सय ८० जना कारबाहीमा परेको र ४७ सय ७४ जना पुरस्कृत भएको समेत बताइएको छ । यो अवधिमा प्रहरीले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेको जनाइएको छ । साथै प्रहरीले विभिन्न ब्यूरोका निर्देशिका समेत जारी गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ६ : ३४ बजे

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध