आठौं राष्ट्रिय खेलकुदः आर्मीको अग्रता कायमै, दोश्रोमा एपीएफ « Khabarhub

आठौं राष्ट्रिय खेलकुदः आर्मीको अग्रता कायमै, दोश्रोमा एपीएफ


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– प्रदेश पाँचमा जारी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जितेको छ ।
आर्मीले हालसम्म १८५ स्वर्ण मध्ये ७५ स्वर्ण, ४६ रजत र ३९ कास्य पदकसहित कूल १६० पदक हात पारेको छ ।

यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लव दोस्रो स्थानमा उक्लेको छ । उसले ३१ स्वर्ण, ३१ रजत र ३६ कास्य गरी कूल ९८ पदक जितेको छ । नेपाल पुलिस क्लबले हालसम्म ३२ स्वर्ण, २९ रजत र ३१ कास्य पदकसहित कूल ९२ पदक जित्दै एपीएफ भन्दा पछाडि परेको छ ।

चौथो स्थानमा रहेको प्रदेश ३ ले १३ स्वर्ण, २० रजत र ४० कास्य पदक गरी ७३ पदक हात पारेको छ । पाँचौ स्थानमा आफ्नो नाम दर्ज गराएको सुदूरपश्चिम प्रदेशले ७ स्वर्ण, ५ रजत र १८ कास्यसहित ३० पदक जित्दा गण्डकी प्रदेशले ६ स्वर्ण ११ रजत, २७ कास्य गरि ४४ पदक जित्न सफल भएको छ ।

हालसम्म टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गोल्फ, बुद्धिचाल, लन टेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन, आर्चरी लगायतका खेलहरु सम्पन्न भईसकेका छन ।

 

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : २२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा