प्रहरीलाई घुस १० रुपैयाँ सम्म ! « Khabarhub

प्रहरीलाई घुस १० रुपैयाँ सम्म !


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलाई घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार पक्राउ परेकाले प्रहरीलाई १० रुपैयाँदेखि चार हजार पाँच सय रुपैयाँसम्म घुस दिन खोजेको नयाँ पत्रिकामा खबर छ ।

पछिल्लो ६ महिनामा टिपर, बस, ट्रक, ट्याक्सी र बलेरोका गरी ९३ चालक र ६ जना सहचालक पक्राउ परेका हुन् । १५ जना मोटरसाइकलचालक पनि पक्राउ परेका छन् । प्रहरीलाई घुस दिन खोजिएको रकम ८२ हजार दुई सय १० रुपैयाँ पुगेको छ ।

रानीपोखरी कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले घुसमा प्रहरीले शून्य सहनशीलताको नीति लिएको बताए । उनले भने, ‘पछिल्ला दिन प्रहरीले घुस लिने र दिनेमा शून्य सहनशीलता नीति लागू गरेको छ । घुस लिने र दिने कोही भेटिए ठाउँका ठाउँ कारबाही गरिने सर्कुलर छ । यो परिणाम यसैको प्रभाव हो । यसलाई प्रहरीले अझ कडाइका साथ कार्यान्वयनमा लैजानेछ ।’

प्रहरीका अनुसार अधिकांश चालकले सवारीचालक अनुमतिपत्र तथा ब्लुबुक नभएपछि प्रहरीलाई घुस दिने प्रयास गरेका छन् । मादकपदार्थ सेवन(मापसे) गरी सवारीसाधन चलाउनेले पनि प्रहरीलाई घुस दिन खोजेका छन् । तर, प्रहरीले घुस दिनेलाई नै पक्राउ गर्न थालेपछि पछिल्ला दिन घुसको घटनामा कमी आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार केही महिनामा ट्राफिक प्रहरीले मात्रै घुस दिन खोज्ने ५३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक रहेको महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले बताए । उनले भने, ‘ट्राफिक प्रहरीले प्रत्येक दिन मापसे जाँच गर्छ । यस क्रममा लाइसेन्स र ब्लुबुक जाँच हुने नै भयो । जसको कागजपत्रमा गडबड छ, उसले प्रहरीलाई घुसको अफर गर्छ । तर, प्रहरीले त्यस्ता चालकलाई पक्राउ गरेको छ ।’

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार घुस दिन खोज्ने अधिकांशलाई १० हजार रुपैयाँ धरौटीमा छाडिएको छ । पछिल्ला दिन पक्राउ परेकाहरूको हकमा भने अनुसन्धान बाँकी नै रहेकाले उनीहरू प्रहरी हिरासतमै छन् । परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले ड्युटीमा रहेका प्रहरीलाई घुस दिन खोज्नेहरू धमाधम पक्राउ परेको घटनाबाट जनमानसमा ठूलो मनोवैज्ञानिक सन्देश जाने दाबी गरे ।

उनले भने, ‘ड्युटीमा रहेका प्रहरी जवानलाई १० रुपैयाँदेखि चार हजार पाँच सय रुपैयाँसम्मको घुस अफर आएको छ । परिणामको हिसाबले न्यून भए पनि धमाधम पक्राउ पर्नुले समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ । यसले प्रहरीप्रतिको विश्वसनीयता बढाउँछ ।’

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ७ : १६ बजे

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण