सडक बोर्डको ढाटमा आगो लगाउने ३ जना धरोटीमा रिहा « Khabarhub

सडक बोर्डको ढाटमा आगो लगाउने ३ जना धरोटीमा रिहा


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


भरतपुर–  पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा गत शुक्रबार (जेठ ३ गते) आगजनी गरेको अभियोगमा पक्राउ परेका ३ जना मंगलबार रिहा भएका छन् ।

ढाटमा आगजनी गरेको अभियोगमा पक्राउ परेका जिल्लाको रत्ननगर नगरपालिका–९ का कुलप्रसाद लामिछाने, राप्ती नगरपालिका–८ का खिलप्रसाद घिमिरे र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरी धरौटीमा रिहा भएका हुन् ।

उनीहरुबाट प्रतिव्यक्ति ५४ हजार धरौटी लिइएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पक्राउ परेका ३ जनालाई धरौटीमा रिहा गरिएको जानकारी दिए ।

आगो नियन्त्रणमा लिने क्रममा प्रहरी सहायक निरीक्षक (सई) कल्पना खड्का गम्भीर घाइते भएकी थिइन् । प्रहरीका अनुसार सई खड्कामाथि पेट्रोल छर्केर आगो लगाइएको थियो । खड्कामाथि पेट्रोल छर्कने मुख्य व्यक्ति भने फरार रहेको र खोजी भइरहेको एसपी राठौरले जानकारी दिए।

प्रहरीले गिरीलाई पाँच दिन तथा लामिछाने र घिमिरेलाई तीन दिन हिरासतमा राखेर धरौटीमा छाडेको हो । घटनाका समयमा लिइएको भिडियोका आधारमा लामिछाने, घिमिरे र गिरीलाई पक्राउ गरिएको थियो । सङ्कलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालिले गिरीसहित उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, सरोज तिमिल्सिनालगायत विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो ।

सो कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करीब रु चार लाखसमेत लुटिएकाले उजुरी गरेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १० : ५२ बजे

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा