सडक बोर्डको ढाटमा आगो लगाउने ३ जना धरोटीमा रिहा | Khabarhub Khabarhub

सडक बोर्डको ढाटमा आगो लगाउने ३ जना धरोटीमा रिहा


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


भरतपुर–  पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा गत शुक्रबार (जेठ ३ गते) आगजनी गरेको अभियोगमा पक्राउ परेका ३ जना मंगलबार रिहा भएका छन् ।

ढाटमा आगजनी गरेको अभियोगमा पक्राउ परेका जिल्लाको रत्ननगर नगरपालिका–९ का कुलप्रसाद लामिछाने, राप्ती नगरपालिका–८ का खिलप्रसाद घिमिरे र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरी धरौटीमा रिहा भएका हुन् ।

उनीहरुबाट प्रतिव्यक्ति ५४ हजार धरौटी लिइएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पक्राउ परेका ३ जनालाई धरौटीमा रिहा गरिएको जानकारी दिए ।

आगो नियन्त्रणमा लिने क्रममा प्रहरी सहायक निरीक्षक (सई) कल्पना खड्का गम्भीर घाइते भएकी थिइन् । प्रहरीका अनुसार सई खड्कामाथि पेट्रोल छर्केर आगो लगाइएको थियो । खड्कामाथि पेट्रोल छर्कने मुख्य व्यक्ति भने फरार रहेको र खोजी भइरहेको एसपी राठौरले जानकारी दिए।

प्रहरीले गिरीलाई पाँच दिन तथा लामिछाने र घिमिरेलाई तीन दिन हिरासतमा राखेर धरौटीमा छाडेको हो । घटनाका समयमा लिइएको भिडियोका आधारमा लामिछाने, घिमिरे र गिरीलाई पक्राउ गरिएको थियो । सङ्कलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालिले गिरीसहित उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, सरोज तिमिल्सिनालगायत विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो ।

सो कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करीब रु चार लाखसमेत लुटिएकाले उजुरी गरेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १० : ५२ बजे

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने