सगरमाथाको उचाइ नाप्न गएको नेपाली टोली चुचुरोमा « Khabarhub

सगरमाथाको उचाइ नाप्न गएको नेपाली टोली चुचुरोमा


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरगरमाथाको उचाइ नाप्न गएको नेपाली टोली शिखरको चुचुरोमा पुगेको छ ।  पहिलो पटक नेपाल सरकार आफैंले गर्न लागेको सगरमाथाको उचाइ मापनका लागि नापी विभागको प्राविधिक टोली खटिएको थियो ।

प्रमुख नापी अधिकृत खिमलाल गौतम र नापी अधिकृत रविन कार्की विहान साव तीन बजे चुचुरोमा पुेगका थिए ।

उनीहरूले भूउपग्रहको संकेतसँग सम्बन्ध स्थापित गर्ने ग्लोबल न्याभिगेसन स्याटलाइट सिस्टम जीएनएसएस उपकरण राखेको विभागका निर्देशक दामोदर ढकालले बताए।

ढकालले भने,’वहाँहरूले चुचुरोमा झण्डै आधा घण्टा समय बिताएर आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ।’

पर्यटन विभागकी पर्वतारोहण हेर्ने निर्देशक मीरा आचार्यले ुविशेष अनुकुल मौसमु पर्खेर नापी अधिकृतहरू अन्य आरोहीको चाप नहुने समयमा चुचुरोमा पुगेको बताइन्।

सगरमाथाको मापन कार्य सक्न अझै कम्तीमा पाँचदेखि छ महिना लाग्ने निर्देशक ढकालले बताए।

नापी विभागले भारतको बङ्गाल र नेपालको सिराहा जिल्लाको माडारलाई केन्द्रविन्दु मानेर उचाइ मापनको लागि यन्त्रहरूको सम्पर्क स्थापित गरेको छ।

जीएनएसएस उपकरणको सहयोगमा सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, र भोजपुरलगायतका स्थानहरूमा विन्दुहरू कायम गरिएका छन्।

एकीकृत तथ्याङ्क सङ्कलनका लागि ती विन्दुहरू कायम गरिएको विभागले जनाएको छ। भूबनोट, सतह मापन, उचाइ मापन, आधार विन्दु कायम गर्ने र स्थलतगत अवलोकन गरी हालसम्म झन्डै तीन सयवटा विन्दु कायम गरिएको नापी विभागका प्रमुख सुशील डङ्गोलले यसअघि बीबीसीलाई बताएका थिए।

ती सबै विन्दुको तथ्याङ्क विभागमा एकीकृत गरी सगरमाथाको आधिकारिक उचाइ सार्वजनिक गरिनेछ। सगरमाथालाई मध्यभागमा राखेर चारै दिशातर्फ नियन्त्रण विन्दुहरू समेत कायम गरिएका छन्।

लेभल मशिन, जीएनएसएस मशिन, र ग्र्याभिमिटर उपकरणको प्रयोग गरेर तल्लो क्षेत्रको उचाइ मापन गरिएको विभागले जनाएको छ।

उच्च हिमाली क्षेत्रको तथ्याङ्क सङ्कलनको कार्य भइरहेको र झन्डै एक महिनाभित्र सबै विवरण सङ्कलन हुनेछ। त्यसको तथ्याङ्कको समीक्षा हुनेछ।

सगरमाथाको पहिलो मापन सन् १९५० को दशकमा भारतको सक्रियतामा भएको थियो। त्यसपछि त्यसको उचाइ ८,८४८ मिटर भनियो। नेपाल र बाँकी विश्वले त्यही उचाइ स्वीकार गर्‍यो।

भूगर्भविद्हरूचाहिँ हिमालय क्षेत्र मुनितिर रहेको भूगर्भमा भारतीय र युरेशियाली प्लेटको हलचल जारी रहेको र त्यसले गर्दा हिमालयको उचाइ बढिरहने हुन सक्ने ठान्दछन्।

सन् १९९९ मा अमेरिकाको न्याशनल जिओग्राफिक सोसाइटीले जीपीएसको सहयताले सगरमाथाको उचाइ ८,८५० मिटर रहेको निष्कर्ष निकालिदियो। त्यसलाई नेपालले स्वीकार गरेन।

सन् २००५ मा चिनियाँ नापी सर्भेपछि चुमोलोमाुअर्थात सगरमाथाको उचाइ ८,८४४ जति रहेको र त्यसमा हिउँको उचाइ चार मिटर जति रहेको निष्कर्ष निकालियो। उचाइ विवाद झनै चर्किन पुग्यो। सन् २०१० तिर मात्रै सगरमाथाको उचाइ पुनस् ८,८४८ मिटर नै हो भन्ने सहमति जुट्यो।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १२ : २० बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई