भारतको अरुणाचलमा १ सांसदसहित ११ जनाको गोली हानी हत्या « Khabarhub

भारतको अरुणाचलमा १ सांसदसहित ११ जनाको गोली हानी हत्या


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय राज्य अरुणाचलमा एक सांसद, उनका छोरा र २ सुरक्षाकर्मीसहित ११ जनाको गोली हानी हत्या गरिएको छ ।

अरुणाचल प्रदेशको तिरप जिल्लाअन्तर्गत बोगपानी इलाकामा नेशनल पिपुल्स पार्टी (एनपीपी)का सांसद (विधानसभा सदस्य) तिरोंगा अबोसहित ११ जनाको गोली हानी हत्या गरिएको हो । अबो अरुणाञ्ल प्रदेशको खोंसा–पश्चिमको विधानसभा क्षेत्रबाट सांसद थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अबो असमबाट आफ्नो विधानसभा क्षेत्रमा खोंसा पश्चिम फर्किरहेका थिए । विहान करिब ११ बजेतिर तिरप जिल्लाको बोगपानी नजिक पुग्दा उनको गाडीमाथि आक्रमण भएको जनाइएको छ ।

गाडीमा सांसद अबोसहित उनका छोरा र २ प्रहरी थिए । उक्त हमलामा ११ जनाको ज्यान गएको जनाइएको छ ।

उक्त हमलामा नेशनल सोसलिस्ट काउन्सिल अफ नागाल्याण्ड (एनएसपीएन)का आक्रमणकारी संलग्न रहेका त्यहाँको प्रहरीको भनाइ छ । यद्यपि यसको पुष्टि भने भइसकेको छैन ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १२ : ५० बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट