मिडिया काउन्सिल विधेयक ‘हामी बुझ्दैनौं, हामी पढ्न चाहँदैनौं’– कांग्रेस « Khabarhub

मिडिया काउन्सिल विधेयक ‘हामी बुझ्दैनौं, हामी पढ्न चाहँदैनौं’– कांग्रेस


८ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिलसम्बन्धि विधेयक संविधानको मूल्य र मान्यता विपरित आएको भन्दै फिर्ता लिन सरकारसँग माग गरेको छ ।

बुधबारको संसद बैठक शुरु हुनासाथ समय माग गरेर कांग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्ष भुसालले संविधानको मूल्य र मान्यता विपरित प्रेस स्वतन्त्रतालाई संकुचन बनाउने गरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन माग गरेकी हुन् ।

सचेतक भुसालले सरकारले विधेयक फिर्ता नलिए कांग्रेसले संसद अघि बढाउन नदिने चेतावनी दिइन् । पत्रकार जगतलाई नियन्त्रण गर्न खोजेको छ , निषेध गर्न खोजेको छ दण्डित गर्न खोजेको छ यो प्रमुख प्रतिपक्षी दललाई स्वीकार्य छैन’ भुसालले भनिन् ।

सरकारले संसदमा पेश गरेको सो विधेयक मुलुकको लोकतन्त्रले नचिन्ने र आफूहरुले नबुझ्ने भएकाले त्यसलाई सरकारले संसदबाट फिर्ता गराउनुको विकल्प नरहेको बताइन् ।

‘अहिले सरकारले मिडिया काउन्सिल एक्ट ल्याएको छ त्यसलाई हाम्रो लोकतन्त्रले चिन्दैन, हामी बुझ्दैनौं, हामी पढ्न चाहँदैनौंं,’सचेतक भुसालको भनाइ थियो,‘सरकारले सो विधेयक तत्काल फिर्ता नलिए संसदबाट अघि बढ्न सक्दैन ।’

सचेतक भुसालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई भय र त्रासको वातावरण प्रवेश गराउने गरी आएको सो विधेयक आफ्नो पार्टीलाई स्वीकार्य नहुने पनि स्पष्ट पारिन् । उनले सरकारले राज्य नियन्त्रित कानुन बनाएर मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेको आरोप लगाइन् ।

भुसालले सरकारले राज्य नियन्त्रित प्रेस बनाउन खोजेको आरोप लगाइन् । ‘सरकाविरुद्ध कुनै पनि प्रेसले आवाज उठायो भने त्यो आवाज दबाउनका लागि सरकारले ल्याएको विधेयको घोर भत्र्सना गर्छौं, उनले भनिन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार  १ : २९ बजे

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान