मिडिया काउन्सिल विधेयक ‘हामी बुझ्दैनौं, हामी पढ्न चाहँदैनौं’– कांग्रेस « Khabarhub

मिडिया काउन्सिल विधेयक ‘हामी बुझ्दैनौं, हामी पढ्न चाहँदैनौं’– कांग्रेस


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिलसम्बन्धि विधेयक संविधानको मूल्य र मान्यता विपरित आएको भन्दै फिर्ता लिन सरकारसँग माग गरेको छ ।

बुधबारको संसद बैठक शुरु हुनासाथ समय माग गरेर कांग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्ष भुसालले संविधानको मूल्य र मान्यता विपरित प्रेस स्वतन्त्रतालाई संकुचन बनाउने गरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन माग गरेकी हुन् ।

सचेतक भुसालले सरकारले विधेयक फिर्ता नलिए कांग्रेसले संसद अघि बढाउन नदिने चेतावनी दिइन् । पत्रकार जगतलाई नियन्त्रण गर्न खोजेको छ , निषेध गर्न खोजेको छ दण्डित गर्न खोजेको छ यो प्रमुख प्रतिपक्षी दललाई स्वीकार्य छैन’ भुसालले भनिन् ।

सरकारले संसदमा पेश गरेको सो विधेयक मुलुकको लोकतन्त्रले नचिन्ने र आफूहरुले नबुझ्ने भएकाले त्यसलाई सरकारले संसदबाट फिर्ता गराउनुको विकल्प नरहेको बताइन् ।

‘अहिले सरकारले मिडिया काउन्सिल एक्ट ल्याएको छ त्यसलाई हाम्रो लोकतन्त्रले चिन्दैन, हामी बुझ्दैनौं, हामी पढ्न चाहँदैनौंं,’सचेतक भुसालको भनाइ थियो,‘सरकारले सो विधेयक तत्काल फिर्ता नलिए संसदबाट अघि बढ्न सक्दैन ।’

सचेतक भुसालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई भय र त्रासको वातावरण प्रवेश गराउने गरी आएको सो विधेयक आफ्नो पार्टीलाई स्वीकार्य नहुने पनि स्पष्ट पारिन् । उनले सरकारले राज्य नियन्त्रित कानुन बनाएर मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेको आरोप लगाइन् ।

भुसालले सरकारले राज्य नियन्त्रित प्रेस बनाउन खोजेको आरोप लगाइन् । ‘सरकाविरुद्ध कुनै पनि प्रेसले आवाज उठायो भने त्यो आवाज दबाउनका लागि सरकारले ल्याएको विधेयको घोर भत्र्सना गर्छौं, उनले भनिन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १ : २९ बजे

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न