‘आप्पा स्टोरी च्यालेन्ज’ मा भाग लिएर ५० हजार जित्ने मौका « Khabarhub

‘आप्पा स्टोरी च्यालेन्ज’ मा भाग लिएर ५० हजार जित्ने मौका


८ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असार १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आप्पा’ निर्माण टिमले प्रचारलाई समेत फाइदा पुग्ने गरी ‘आप्पा स्टोरी च्यालेन्ज’ गर्ने भएको छ । साथै निर्माण टिमले स्टोरी च्यालेन्जमा सहभागी हुनेमध्ये उत्कृष्टलाई पुरस्कृत गर्ने पनि जनाएको छ ।

आफ्ना बुबासँगको कुनै रमाइलो या नरमाइलो कथा शेयर गरी भिडियो च्यालेन्जमा भाग लिन सकिनेछ । सहभागी हुनका लागि फोटो कथा (बुबाको फोटोमा क्याप्सन) या भिडियो कथा तयार पारेर सामाजिक सञ्जाल फेसबूकमा अपलोड गरी आप्पा फिल्मको अफिसियल पेजमा शेयर गर्नुपर्नेछ ।

भाग लिनका लागि फोटो या भिडियो तयार पारी आफ्ना तीन जना साथीलाई ट्याग गरी च्यालेन्ज गर्नुपर्ने आयोजकले जनाएको छ । ट्याग भई आएकामध्ये उत्कृष्ट एक फोटो कथालाई २५ हजार र भिडियो कथालाई ५० हजार प्रदान गरिनेछ ।

साथै यसरी उत्कृष्ट छानिएकाले फिल्मको प्रिमियरका २ वटा टिकट पनि पाउने आयोजकले बताएको छ । सहभागी हुन इच्छुकले असार ६ गतेभित्र भाग लिइसक्नुपर्नेछ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार  १ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको