रासायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग सांसदको माग « Khabarhub

रासायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग सांसदको माग


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका सांसदहरुले कृषकहरुलाई तत्काल रासायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।त्यसैगरी राष्ट्रिय सभाका सांसदहरुले जंगली हात्ती नियन्त्रणका लागि आवश्यक प्रविधिको विकास गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

बुधबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद विन्दादेवी आले रानाले २ महिनायता अभाव देखिएको रासायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन् । उनले तत्काल रासायनिक मलको व्यवस्था नगरे कृषकहरु मारमा पर्नेतर्फ पनि सरकारलाई सचेत गराइन् ।

सांसद विना पोखरेलले जंगली हात्तीका कारण जनधनको क्षति हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक प्रविधिको विकास गर्न सरकारसँग माग गरिन् । उनले  जंगली हात्तीले मानिसको समेत ज्यान लिने गरेपनि त्यसलाई नियन्त्रण गर्न सरकार गम्भिर नभएको आरोप लगाइन् । सांसद डा. विमला पौडेल राईले सबै स्थानीय तहमा मानसिक अस्पतालको व्यवस्था गर्न माग गरिन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १ : ४८ बजे

एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश गरिन्

सिरहा- नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ मात्र जवाफ

काठमाडौं–  केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत

एजेन्सी – भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब

दक्षिण अफ्रिकासँग भारत पराजित हुँदा बने यी सात रेकर्ड

नयाँदिल्ली- सन् २०२३ पछि पहिलो पटक आईसीसी इभेन्टमा भारत पराजित

तुलसीपुरमा घट्दै पानीको आपूर्ति

तुलसीपुर– शिशिर ऋतु सकिनै लाग्दा दाङ तुलसीपुरमा खानेपानीको आपूर्ति घट्दै