आफ्नै छोरालाई ड्रग्स बिक्री गर्ने आमा, जसले घरमै ‘अड्डा’ चलाएकी छन् | Khabarhub Khabarhub

आफ्नै छोरालाई ड्रग्स बिक्री गर्ने आमा, जसले घरमै ‘अड्डा’ चलाएकी छन्


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौंमा एक यस्ती आमा पक्राउ परेकी छन्, जसले आफ्नै छोराहरुलाई लागू औषध (ड्रग्स) बिक्री गर्छिन् ।

घरमै लागू औषधको अड्डा सञ्चालन गरेकी ति महिलाले आफ्ना २ छोरालाई पनि सेवनकर्ता बनाइन् ।

ती महिला हुन् काठमाडौं महानगरपालिका–१६ बस्ने ५० वर्षीया साबित्री श्रेष्ठ । उनले भारतबाट लागू औषध मगाएर आफ्नै घरबाट बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले विशेष सूचनाका आधारमा ति महिलालाई पक्राउ गरेको हो ।

लागू औषध नियन्त्रण ब्यूरोले गरेको प्रारम्भिक अनुसन्धानबाट ती महिलाका २ छोरा एक ३५ र अर्को २४ वर्षका छन् । उनीहरु दुवैजना लागू औषध प्रयोगकर्ता रहेको ब्यूरोले जनाएको छ ।

पछिल्लो समय ती दुई छोराहरु पनि लागू औषधको कारोबारमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले आमाबाटै लागू औषध खरिद गरेर बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ ।

५० वर्षीया श्रेष्ठका श्रीमान् भने सरकारी जागिरे रहेको खुल्न आएको छ । उनीभने अलग्गै बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट लागू औषध डाइजापाम ६ सय ७० एम्पूल, बुप्रेनोर्फिन ५ सय ६१ एम्पुल र फेनारगन ५ सय ६० एम्पुल बरामद गरेको छ ।

प्रहरीले उनको साथबाट लागू औषध बिक्री गरेर आर्जन गरेको १ लाख ४१ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ४ : ४० बजे

बस्ती जोगाउन जैविक तटबन्ध निर्माण

कञ्चनपुर– खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१०

दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला

प्याजले उचित मूल्य पाएन, बोरामा थन्काउन बाध्य किसान

चितवन– जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन ।

धेरै देश इजरायल र इरानबाट दूतावास उठाएर नागरिकको उद्धार गर्दै

इजरायल – इरान र इजरायल युद्ध सुरु भएपछि धेरै देशले

कैलालीमा १६ दिनकी सुत्केरी मृत फेला

गोदावरी–  गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी