बलिउड नायिकाहरूको ‘शैली’ चोर्न कान्स पुगेकी हुन् प्रियंका कार्की ? « Khabarhub

बलिउड नायिकाहरूको ‘शैली’ चोर्न कान्स पुगेकी हुन् प्रियंका कार्की ?


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – कलाकार प्रियंका कार्की यतिबेला फ्रान्समा छिन् । कान्समा जारी ‘कान्स फिल्म फेस्टिभल २०१९’ को रेक कार्पेटमा हिँड्न कान्स पुगेकी प्रियंकाले रेड कार्पेटमा नहिँड्दै धारावाहिक तस्वीर शेयर गरिरहेकी छिन् । तर, अचम्मको कुरा के छ भने प्रियंकाले अपलोड गरेका ती तस्वीरको पोशाक बलिउड कलाकार प्रियंका चोपडाले लगाएको पोशाकसँग मिल्दोजुल्दो छ ।

यतिसम्म कि, प्रियंका चोपडाले लगाएकै पोशाकको मात्र हैन, प्रियंका कार्कीले चोपडाका ‘पोज’ लाई पनि कपी गरेकी छिन् । फ्रान्स उड्ने बेला विमानस्थलमा बोल्दै कार्कीले नेपाललाई चिनाउने प्रयास गर्ने बताएकी थिइन् । तर, पुग्नासाथ प्रियंका चोपडाको स्टाइल चोरेको भन्दै कतिपयले आक्रोश व्यक्त गरेका छन् ।

दीपिका पादुकोण ।

यति मात्र होइन, प्रिय‌ंकाले अर्की बलिउड कलाकार दीपिका पादुकोणले लगाएको पोशाकको पनि नक्कल गरेकी छिन् । प्रियंका कार्कीले अन्य तस्वीर पनि सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

प्रियंका चोपडा ।

ती तस्वीरको पोशाक बलिउड अभिनेत्री दीपिका पादुकोणले प्रयोग गरेको पोशाकजस्तै देखिएको छ । योपछि कतिले प्रियंका कान्स फिल्म फेस्टिभलका लागि गएको कि अर्कैको शैली कपी गर्न कान्स पुगेकी हुन् भन्दै प्रतिक्रिया दिएका छन् ।

प्रियंका चोपडाले कान्स हुँदा इन्स्टाग्राममा शेयर गरेको तस्वीर ।
प्रियंका चोपडा ।
प्रियंका चोपडा ।
प्रियंका कार्की ।
प्रियंका कार्की ।
प्रियंका कार्की ।
प्रियंका कार्की दीपिका पादुकोणले लगाएको पोशाकमा ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ६ : २८ बजे

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेट

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको अनुरोध

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम

भोजपुरको चुनावी हिसाबकिताब : ठूला दललाई नयाँको त्रास

भोजपुर- भोजपुरमा अब चुनावी भाषणले मात्रै चुनाव जित्ने अवस्था बाँकी

दल र उम्मेदवारका ‘एजेन्डा’मा मतदाताको चासो

काठमाडौं– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा

नायक विजय बरालको स्वरमा गीत ‘विधिको शासन’ सार्वजनिक

काठमाडौं – नायक विजय बरालको स्वरमा गीत ‘विधिको शासन’ सार्वजनिक