अमेरिकी राजदूत बेरीले गर्न लागेको कार्यक्रमको नेताहरुबाट विरोध « Khabarhub

अमेरिकी राजदूत बेरीले गर्न लागेको कार्यक्रमको नेताहरुबाट विरोध


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदूत र्‍याण्डी बेरीले गर्न लागेको ‘जनतासँग गफगाफ’ संवाद कूटनीतिक मर्यादा विपरित भएको बताएका छन् ।

कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता नेपालले अन्तर्राष्ट्रिय ‘प्राक्टिस’ मै नभएको त्यस्ता संवाद कार्यक्रम संचालन नगर्न पनि राजदूत बेरीको ध्यानाकर्षण गराए । बुधबार संघीय संसद परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कूटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने स्पष्ट पारे । वरिष्ठ नेता नेपालले अमेरिकाप्रति संकेत गर्दै कूटनीतिक मर्यादाको पाठ सिकाउने देशहरुले त झन त्यसको पालना गर्नुपर्ने पनि उल्लेख गरे ।

त्यस्तै, सत्तारुढ नेकपाकै अर्का नेता भिम रावलले कूटनीतिक मर्यादा विपरित अमेरिकी राजदूत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिएका छन् । उनले कूटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदूत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अनुमति नरहेको दाबी गरे ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारको अनुमतिविना अमेरिकी राजदूत बेरीले जनतासँग प्रत्यक्ष रुपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने स्पष्ट पारे । उनले कूटनीतिक मर्यादा प्रतिकूल हुने खालका त्यस्ता गतिविधिमा संलग्न नहुन पनि नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई सचेत गराए ।

त्यसैगरी, राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारसँग अनुमति नलिई राजदूत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अधिकार नभएको स्पष्ट पार्नु पारे । उनले कूटनीतिक मर्यादाको सीमा रहेर आफ्ना गतिविधि संचालन गर्न पनि नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुको ध्यानाकर्षण गराए ।

अमेरिकी राजदूत बेरीले आगामी सोमबारबाट शुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’ संवाद कार्यक्रमको सन्देश उनकै फेसबुक पेजमार्फत् सार्वजनिक भएपछि त्यसको विरोध हुन थालेको हो । सांसद कर्णले कुनै पनि बहानामा कूटनीतिक मर्यादाको उलंघन गर्ने काम राजदूतहरुले गर्न नहुने पनि स्पष्ट पारे ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ५ : ३९ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार