राष्ट्रपतिद्वारा राहदानी विधेयक फिर्ता « Khabarhub

राष्ट्रपतिद्वारा राहदानी विधेयक फिर्ता


८ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी सम्बन्धी विधेयकलाई सच्याउन भन्दै फिर्ता गरेकी छन् । प्रतिनिधिसभाले पारित गरी प्रमाणीकरणका लागि पठाएको राहदानी विधेयक सच्याउन भन्दै फिर्ता गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचार हुन आज मिति २०७६ साल जेठ ८ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ ।’

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार  ७ : २९ बजे

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो