न्यू डायमण्ड र विजेश्वरी क्वार्टरफाइनलमा « Khabarhub

न्यू डायमण्ड र विजेश्वरी क्वार्टरफाइनलमा


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यू डायमण्ड एकेडेमी ‘ए’ र विजेश्वरी ज्ञान मन्दिर स्कुल दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बुधवार नैकापस्थित न्यू डायमण्ड एकेडमीको खेल मैदानमा भएको लिग खेलमा न्यू डायमण्ड ‘ए’ ले परोपकार आदर्स मा.बिलाई २–० को सोझो सेटमा पराजित गर्‍यो । । वेष्ट अफ थ्रीका आधारमा खेलाईएको खेलमा न्यू डायमण्ड ‘ए’ ले परोपकारलाई २५–९ र २५–२ को सेटमा पराजित गरेको थियो ।

जितसंगै न्यू डायमण्ड ‘ए’ ले समूह ‘क’ बाट क्वार्टरफाइनलमा स्थान बनाएको हो । परोपकारको पनि क्वार्टरफाइनल सम्भावना जिवितै छ । उसले आफ्नो अन्तिम लिग खेलमा अनलज्योति माबिलाई पराजित गरेमा र अनलज्योति न्यु डायमण्डसँग पराजित भएका उपबिजेताको रुपमा परोपकार पनि क्वाटर फाइनलमा पुग्ने बाटो खुला छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा संचानल भएको प्रतियोगिता अन्तर्गत मंगलबार विजेश्वरी ज्ञान मन्दिरले ज्ञान सुधा एकेडेमीलाई २–० को सेटमा पराजित गर्‍यो । विजेश्वरीले ज्ञानसुधालाई २५–१७ र २८–२६ को सेटमा पराजित गर्‍यो । जितसंगै समूह ‘ख’ बाट विजेश्वरीले समूह विजेता र पराजित ज्ञानसुधाले उपविजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनाए । तेस्रो खेलमा पारामाउन्टले न्यू डायमण्डको बी टिमलाई २५–१० र २५–१३ को सेटमा पराजित गर्‍यो । जितसंगै समूह ‘घ’ बाट पारामाउन्टलेले क्वार्टरफाइनलमा स्थान बनायो ।

यस्तै भलिबल दिवसको अवसरमा बुधबार न्यू डायमण्ड एकेडमी र एपीएफ खेलाडी मिश्रित गरेर मैत्रीपूर्ण खेल खेलेकाट थियो । भलिबल दिवासका अवसरमा सभासद गोपालकृष्ण श्रेष्ठ, पुर्व खेलकुद मन्त्री दलजित श्रीपाईली, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा लगायतले १० स्कुललाई भलिबल बितरण गरेका थिए ।

प्रतियोगिताको विजेताले नगद ६० हजार हात पार्नेछन् भने उपविजेताले ३० हजार पाउनेछन् । यस्तै तेस्रो हुनेले १५ तथा चौथोले १० हजार हात पार्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय र विधागत उत्कृष्टहरुले समान १–१ हजार पाउनेछन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ८ : ३३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग