साउदी अरबमा रमादानपछि तीन इस्लामिक विद्वानलाई मृत्युदण्ड दिइने « Khabarhub

साउदी अरबमा रमादानपछि तीन इस्लामिक विद्वानलाई मृत्युदण्ड दिइने


८ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउदी अरब– साउदी अरबले रमादानको पवित्र महिनापछि तीन उदार इस्लामिक विद्वानहरुलाई मृत्युदण्ड दिने तयारी शुरु गरेको छ ।

साउदी अरबले रमादानको पवित्र महिनापछि तीन उदार इस्लामिक विद्वानहरु शेख सलमान अल ओदाह, अवद अल कर्नी र अली अल ओमरीलाई मृत्युदण्ड दिन लागेको समाचार सार्वजनिक भएको हो ।

यसअघि टर्कीको इस्तानबुल शहरमा रहेको साउदी वाणिज्यदूतावासभित्रै पत्रकार जमाल खशोग्जीको हत्या भएपछि विश्वभर साउदी सत्ताको निन्दा भइरहेका बेला अरु तीन सुन्नी इस्लामिक विद्वानलाई मृत्युदण्ड दिन लागेको मध्यपूर्वका समाचार पोर्टल मिडिल इष्ट आईले जनाएको छ ।

वर्ष २०१९ को पहिलो ५ महिनाको अवधीमा साउदी अरबले १ सयजनाभन्दा धेरैलाई मृत्युदण्ड दिइसकेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार  ८ : ५९ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ